नाकाबाट मोर्चाका नेता भन्छन्–मर्न तयार छौं, आत्मसर्पण गर्दैनौँ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कुरै नबुझी भारतले स्वागत गरेको गुनासो 
वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले अघि सारेको तीन बुँदे प्रस्तावको भारतले हतारमा स्वागत गरेको जनाएको छ ।भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मधेस समस्या समाधानका लागि सरकारले अघि सारेको तीन बुँदे प्रस्तावको स्वागत गरेको थियो । 
‘संविधान संशोधन विधेयक परिमार्जन गरेर संसदमा पेश हुने आश्वासन भारतले मोर्चालाई दिएको दिएको थियो, मोर्चाका नेता एबम् तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले भने, ‘तर भारतीय आश्वासन विपरित सरकारले संसद्मा हुबहु विधेयक पेश गर्यो, भारतले पनि हतारमा त्यसको स्वागत गर्यो । भारतले हतार गर्नु हुँदैनथ्यो ।’ 
सरकारले मोर्चालाई सोमबार लिखितरुपमा बुझाएको तीन बुँदे प्रस्तावले मधेसको माग सम्बोधन गर्न नसक्ने बताउँदै उनले उक्त प्रस्ताव मधेसी मोर्चालाइ स्वीकार्य नभएको बताए ।
सरकारको तीन बुँदे प्रस्तावले  मधेस आन्दोलनको सबै माग सम्बोधन गर्न नसक्ने भएकाले उक्त प्रस्ताव अपुरो र त्रुटीपूर्ण रहेको नेता सोनलको भनाइ छ । 
संसदमा पेश भएको संविधान सांशोधन विधेयक नसच्याइए सम्म आफुहरुको आन्दोलन नरोकिने उनले प्रष्ट पारे । ‘बरु मर्न तयार छौँ, तर आत्मसर्पण गर्दैनौँ’, उनले भने, ‘मधेसी मोर्चाको माग प्याकेजमै सम्बोधन हुनुपर्छ, अनि मात्र आन्दोलन रोकिन्छ ।’   
उनले निर्वाचन क्षेत्र निर्धारण, नागरिकता र समानुपातिक समावेशी प्रतिनिधित्वको माग अन्तरिम संविधानमा उल्लेख भाषा अनुसार नै सम्बोधन गर्न सरकार र तीन दल सहमत भए सीमांकनबारे लचकता अपनाउन मोर्चा तयार रहेको पनि बताए ।  
मोर्चा सरकार परिवर्तनको खेलमा नलाग्ने
मधेसी मोर्चाले अहिल्यै सरकार परिवर्तनको खेलमा नलागेको पनि प्रस्ट पारेको छ । वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा जारी मधेसी दलको धर्नास्थलमा मङ्गलवार अन्न्पूर्ण पोस्ट्सँग कुरा गर्दै तमलोपाका महामन्त्री सोनलले अहिले नै सरकार परिवर्तनको खेलमा लाग्नु भनेको मधेसका मुद्धासँग खेलवाड गर्नु हुने बताए ।
‘अब फेरि सबैको ध्यान संविधान संशोधनतिर लगेर हामीले उठाएको समस्याको समाधान तर्फ केन्द्रित हुनुपर्छ’, उनले भने, ‘यो मुख्य मुद्दा छाडेर सरकार परिवर्तनमा लागियो भने मधेस आन्दोलनसँग खेलवाड नै हुन्छ ।’ 
संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले मोर्चा एमालेलाई चिढ्याउने पक्षमा नरहेको उनको भनाइ थियो । 

‘तपाईँ हामीले राम्ररी के बुझ्नुपर्छ भने संविधान संशोधन दुई तिहाई नभइकन हुँदैन’, उनले भने, ‘त्यसैले अहिले सरकार परिवर्तनको खेलमा लागेर एमालेलाई चिढ्याउनु हुँदैन ।’ 

‘सरकारको खेलमा लाग्नु भनेको मधेस आन्दोलनलाई सेफल्यान्डिङ तिर जान खोजेको वार्ता विथोल्नु हो’, नेता सोनलले भने ,‘सरकार परिवर्तनको खेलमा लाग्दा मधेसको माग सम्बोधन गराउन झन जटिल हुन्छ ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment