प्रसाशनकै मिलोमतोमा ग्यास कालोबजारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

लहान–मंसिर २४ गते स्थानीय प्रसाशनले आयल निगमले निर्धारण गरेको मूल्य(सात सय) मा खाना पकाउने ग्यास (आधा सिलिण्डर) वितरण गर्न लगाउँदा स्थानीय उपभोतmाले प्रसाशनको तारिफ गरेका थिए। 
अव उपरान्त निर्धारित मूल्य भन्दा बढी रकम डिलरलाई तिर्नु पर्दैन भनेर हौसिएका उपभोतmा एक साता नबित्दै निरास बने। यसपछि प्रसाशनले निर्धारित मूल्यमा ग्यास वितरण गराउन सकेन। बरु आफ्नै उपस्थितिमा निर्धारित मूल्य (सात सय) भन्दा बढीमा ग्यास वितरण गर्न लगायो।
गत शनिबार लहानमा कामाख्या ग्यास प्रसाशनकै उपस्थितिमा ७ सय २५ देखि ८ सय सम्म बिक्री भयो। सोमबार रिजाल्को ग्यास पनि लहानस्थित सशस्त्र प्रहरी बेस क्याम्प अगाडि प्रसाशनकै उपस्थितिमा ७ सय २५ देखि ८ सयसम्म बिक्री भयो । बुधबार प्रिमा ग्यास लहानका डिलरले उही दरमा प्रसाशनकै उपस्थितिमा बिक्री गर्न भ्याए।

रिजाल्को ग्यासको मूल्य ७ सय २५ स्थानीय प्रसाशनले नै तोकिदिएको छ। लहानका डिलरको आग्रहमा प्रसाशनले यो दर कामय गरेको हो। इलाका प्रसाशन कार्यालय लहानका प्रमुख रन्जित अधिकारीले भने,' ७ सय २५ रुपैयाँमा ग्यास बिक्री गराउनु भनेर सिडिओ सावको आदेश मैले कार्यानवयन गराएको हुँ।'

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले भने,'डिलरको आग्रहमा निर्धारित मूल्यमा ढुवानी भाडा वापत २५ रुपैंया थप मात्र गरेको हुँ।' कोशी बाहेक ग्यास उद्योगले ढुवानी भाडा डिलरबाटै बेहोर्न लगाउने भएकाले ढुवानी भाडा थप गरिएको उनले बताए। कोशी बाहेकका ग्यास डिलरलाई ७ सय २५ सम्म बिक्री गर्न छुट भएको उनले बताए। कोशी बाहेकका उद्योगले डिलरबाटै ढुवानी भाडा भराउने प्रजिअ विकेको दावी प्रिमा ग्यास उद्योगको भनाइले गलत सावित भएको छ। प्रिमा ग्यास उद्योग इटहरीका अनुसार उद्योगबाटे डिलरलाई ग्यास पठाउँदा ढुवानी उद्योगले व्यहोर्छ । डिलरले ढुवानी भाडा तिर्नु पर्दैन्।

ग्यास बिक्रेता संघ लहानका अध्यक्ष सन्जय मुन्धडाका अनुसार स्थानीय प्रसाशनले कोशी ग्यासका डिलरलाई 'टारगेट' गरेर वितरण प्रक्रिया असहज बनाएको गुनासो गरेका छन्। लहानमा कोशी ग्यासको पाँच वटा डिलर छन्। 'हामीलाई सात सयमा ग्यास बिक्री गर्न लगाउने तर अन्य डिलरलाई मनपरी मूल्य असुल्न छाडिदिनु त भएन नी,' उनको गुनासो गरे। निगमको निर्धारित मूल्य सबै ग्यासको हकमा एउटै छ । डिलरले पाउने कमिसन पनि एकरुप छ । ढुवानी प्रणाली उस्तै छ । तर डिलरबाट उपभोतmाले ग्यास खरिद गर्ने मूल्य किन फरक ? मुन्धडाले प्रश्न गरे ।

प्रसाशनले नै ढुवानी भाडाको नाममा ग्यासको दर निर्धारण गर्छ भने सबै ग्यास डिलरलाई एकरुप ढंगबाट गर्नुपर्ने मुन्धडाको भनाइछ । 'कालोबजारी नियन्त्रण गर्ने निकायले नै कालोबजारीलाई संरक्षण गरिरहेको उपभोतmा मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ताले आरोप लगाए। स्थानीय प्रसाशनको मिलोमतोमै यहाँ उपभोग्य सामान, इन्धन र ग्यासको कालोबजारी फस्टाएको उनले जिकिर गरे।

प्रसाशनकै उपस्थितिमा डिलर उपभोतmासँग बढी मूल्य लिन्छ, हामी मुख खोले ग्यासै नपाउने डर लहानका एक उपभोतmा भन्छन्,' मिलोमतो नभए प्रसाशनकै अगाडि बढी मूल्य लिने कसैलाई हिम्मत हुन्न।' ग्यास वितरण गर्ने स्थानमा प्रसाशनको इमान्दार उपस्थित हुने हो भने कालोबजारी गर्ने हिम्मत डिलरले गर्दैन, ती उपभोतmाले भने । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment