राष्ट्रपतिको भ्रमणमा जानकी मन्दिर तोडफोड आरोपमा तीनजना पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस ६, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताए । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसनधान सुरु गरेको हो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment