भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
'मृतकमध्ये ६ जना दम, खोकीका दीर्घ रोगी थिए। ठण्डीमा ब्यथाले च्याप्दा ज्यानै गयो,' उनले भने, 'मृतक एक पुरुषलाई टहरोमा बस्न थालेदेखि चिसो बिरामी बनाएको थियो। बढ्दो ठन्डी सहन सकेनन्।' ठोकर्पा–१ का एक पहरी बृद्ध, २ नं. वडा पहरी गाउँका तीन र सोही वडाका अन्य तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरु ५८–७० उमेर समूहका रहेको ठोकर्पा गाविस सचिव रामबहादुर न्यौपानेले बताए। उनका अनुसार एक बृद्धलाई चिसोले बिरामी बनाएपछि धुलिखेल अस्पतालमा पु¥याएर उपचार गरिएको थियो। गाउँमा फर्काएको केही समयमै मृत्यु भयो। पछिल्लो २० दिनमा ज्यान गुमाउनेमा ७० वर्षीय पदमबहादुर खड्का र पहरी गाउँका तीन वृद्ध छन्। 'केही साताअिघ चिसोले सुन्निएका उनीहरु घाम तापेर खोक्दै थिए। पछि मृत्यु भएको सुन्नु प¥यो,' उनले भने । मृत्युको कारण चिसो देखिएपनि उनीहरु दम, खोकीका पूराना दीर्घरोगी रहेको सचिव न्यौपाने बताउँछन्।
ठोकर्पा–३ मा १ सय ५८ घरधुरीमा पिछडिएका पहरी समुदाय छन्। सचिव न्यौपानेका अनुसार गाउँभरीनै चिसोका बिरामी छन्। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी सताइएको छन्। 'घरै पिच्छे बिरामी छन्,' उनले भने। उनका अनुसार राहतमा पाएको र पुराना समेटेर बनाइएका जस्ताको अस्थायी टहरोमा शीत चुहिन्छ, स्याँठ छेकिँदैन ।
जिल्लैभर चिसोका बिरामी बढेपनि त्यही कारण ज्यानै गएको यो जिल्लामा पहिलो हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सागरकुमार राजभण्डारी स्वास्थ्य संस्थामा चिसोका बिरामी बढेको बताउँछन्। उनका अनुसार जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउनेमा ५० भन्दाबढी चिसोकै हुन्छन्। जिल्लाका झण्डै ६७ हजार घरधुरीमध्ये ९० प्रतिशत भन्दा बढी घरसंरचना भत्केपछि साढे २ लाख जनसंख्या आठ महिनादेखि टहरोमा आश्रित छन्। टहरै पिच्छे चिसोका बिरामी छन्। दम, खोकी, रुघा, ज्वरो, टन्सिललगायतका समस्या देखिएका छन् । चिसो बढ्दै जाँदा केटाकेटी, वृद्धवृद्धा, दीर्घ रोगी जोगाउने चुनौती थपिएको छ। - See more at: http://nagariknews.com/main-story/story/51064.html#sthash.bCjcwprc.dpuf
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment