इन्धन बेच्दै गर्दा आयल निगमका ७ ट्यांकरसहित चालक रंगेहात पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



दोब्बर मुल्य लिएर डिजेल बेच्ने क्रममा नेपाल आयल निगमका ७ ट्याङकरसहित चालक र सहचालकलाई धादिङ प्रहरीले रंगेहात पक्राउ गरेको छ। नेपाल आयल निगमको थानकोट डिपोमा भण्डारण लागि ल्याउन लागिएको डिजेल मंगलबार धादिङको थाक्रे–३ मा बेचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो।
 
 भारतको वरौदी डिपोबाट डिजेल भरेर थानकोट डिपोमा भण्डारण गर्ने डिजेल काठमाडौँ ल्याउँदै गर्दा चालक र सहचालकले मिलेमतोमा बाटोमै दोब्बर मुल्य लिएर बिक्री गर्न लागेका थिए।  धादिङको मोजमस्ती स्टाफ होटल अगाडि ट्यांकर पार्किङ गरी एक सय पचाँस रुपैयाँ प्रतिलिटरका दरले डिजेल बिक्री गरिरहेको समयमा ट्याङकर चालक, सहचालक तथा होटल सञ्चालकलाई प्रहरीको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। 
 
प्रहरी निरीक्षक पौडेलका अनुसार तेल बेचिरहेका मनोज राजवंशी, रामबहादुर मगर, सुमेश भुजेल, नेपनारायण माझी,संजय यादव, यमकुमार भुजेल, अरुण भुजेल, विष्णुप्रसाद आचार्य, अजय उराउ, महेश उराउ, बिशाल लामा, जीवन थिङ, गुरुदेव सिंह, बिक्रम आचार्य र बिष्णु सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
 
प्रहरीले बेच्नका लागि ट्याकंरबाट निकालेको ५ सय ९० लिटर भन्दा बढी डिजेल बरामद समेत गरेको छ। पक्राउ परेका सबैलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment