बक्सअफिसमा 'बाजिराव'को 'दिलवाले'लाई टक्कर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस ६, २०७२- गत शुक्रबार रिलिज भएका दुई ठूला बलिउड फिल्म ‘दिलवाले’ र ‘बाजिराव मस्तानी’को बक्स अफिसमा टक्कर कायम छ । पहिलो तीन दिनको व्यापार हेर्दा शाहरुख खान– रोहित शेट्टीको ‘दिलावाले’ लाई रनवीर सिंह– संजय लिला भन्सालीको ‘बाजिराव’ले गतिाले टिक्कर दिएको हो ।

ठूला स्टार र व्यापक प्रचार भएको मसला फिल्म दिलवालेलाई ऐतिहासिक विषयवस्तु भएको बाजिरावले टक्कर दिन नसक्ने ठानिएको थियो । तर, पहिलो दिनमा दिलवालेले ६५ करोडको व्यापार गर्दा बाजिरावले पनि ४६ करोडको व्यापार गरेको छ ।

पहिलो दिन शुक्रबार भारतमा २१ करोड भारुको कारोबार गरेको दिलवालेले शनिबार २० र आइतबार २४ करोडको कारोबार गर्‍यो । पहिलो दिन शुक्रबार करिब १२.८ करोड कमाएको बाजिरावले शनिबार १५.५ र आइतबार १८.५ करोडको कारोबार गर्‍यो ।

सुरुका तीन दिनको कारोबार हेर्दा बाजिरावले व्यापार बढिरहेको देखिन्छ । समीक्षकहरुले पनि यो फिल्मलाई बढी मन पराएका छन् ।

शाहरुख खानका पछिल्ला फिल्मको तुलनमामा दिलवालेको व्यापार धेरै राम्रो मानिएको छैन । उनको पछिल्लो फिल्म ‘ह्याप्पी न्यु इयर’ले पहिलो तीन दिनमा सय करोड कमाइसकेको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment