आइएसआइएसको कारण नेपालमा सिरियनले सहज भिसा नपाउने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पुस ९, २०७२- सरकारले सिरियनलाई दिंदै आएको अन–अराइभल (अध्यागमनमा उपलब्ध गराइने) भिसा स्थगन गरेको छ ।
सिरिया र इराकमा अखडा जमाएका आतंककारीहरुले विश्वमा आतंक मच्चाएको कारण सिरियनलाई बिहिबारदेखि अनअराइभल भिसा नदिने निर्णय लिएको हो । इराकीलाई पहिलेदेखि नै दिइदैन ।
उनीहरुले सम्बन्धित दूतावासमार्फत् भ्रमणको स्पष्ट कारण र यहाँ जिम्मा लिने व्यक्ति देखाएमात्रै सम्बन्धित दूतवासबाट भिसा पाउनेछन् । स्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइएसआईएस) का लडाकुहरुले सहज प्रवेश पाउने मुलुक खोजिरहेको भन्दै नेपाललाई शक्तिसम्पन्न मुलुकहरुले यस्तो भिसा नदिन आग्रह गर्दै आएको थियो ।
 
दुई पक्षीय सम्बन्ध र सुरक्षा अनुसन्धानपछि सरकारले यस्तो निर्णय लिएको अधिकारीहरुले बताए । नेपाल सरकारले सिरियनहरुलाई समेत दिँदै आएको अनआराइभल भिसा रोक्न भारत, चीन, बेलायत, अमेरिका, रसिया लगायत मुलुकले अनौपाचारिक रुपमा आग्रह गर्दै आएका थिए ।
भिसा सम्बन्धीत मुलुकको आफ्नो व्यवस्था भएपनि उनीहरुले पछिल्लो अवस्थामा ध्यान दिन आग्रह गर्दै आएकोमा सरकारले आफ्ना अध्ययनपछि निर्णय लिएको एक अधिकारीले बताए ।
आन्तरिक सुरक्षा संजाल कमजोर भएको अत्यन्त सुरक्षीत स्थान आइएसआइएसको खोजिमा परेकोले नेपालले सचेत हुनैपर्ने देखिएको हो । भारत र चीनलाई समेत उनीहरुबाट सुरक्षा ‘थ्रेट’ रहेकाले यो स्थान आइएसआईएसको रोजाईमा पर्न सक्ने अधिकारीहरु बताउँछन् ।
नेपालमा राष्ट्रसंघिय सुरक्षा परिषद्का पाँच स्थायी मुलुक (शक्ति मुलुक) को दूतावास समेत रहेकोले पनि त्यसतर्फ पनि सचेत हुन आवश्यक छ । शक्ति मुलुकहरु उनीहरुको निसानामा रहेको भन्दै विश्वले आफ्नो सुरक्षा संयन्त्रलाई सचेत बनाएको छ ।
‘नेपालले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर सिरियाली नागरिकलाई दिँदै आएको अनआराइभल भिसा रद्द गरेको हो,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले कान्तिपुरलाई बताए ।
नेपालमा कूटनीतिक सम्बन्ध कायम भएका सबै मुलुकले अनअराईभल भिसा पाउने हुनाले यसकै फाइदा उठाएर उग्रवादीहरु पस्न सक्ने आशंकाले सिरियन नागरिकलाई अनअराइभल भिसा नदिन पहल केही समयअघिबाट गरिदैँ आएको थियो ।
गृहमन्त्रालय अन्तरगत अध्यागमनले दिएको सुरक्षा रिपोर्टको आधारमा सरकारले यस्तो निर्णय लिएको हो ।
शक्ति मुलुक र छिमेकी मुलुकहरुले समेत नेपालको विमानस्थल भित्रको सुरक्षा कमजोर रहेको टिप्पणी गरिरहेको अवस्थामा यस्तो निर्णय सरकारले लिएको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सदस्य समेत रहेको अफगानिस्तान सहित ११ मुलुकलाई नेपाल सरकारले अनरआइभल भिसा दिने गरेको छैन् ।
 
विश्वमा आतंक मच्चाउँदै आएको आइएसआइएसका कारण त्यसमा सिरिया पनि थपिएको मात्र हो । यसअघि अफगानिस्तान, स्वाजिल्याण्ड, नाइजेरिया, लाईवेरिया, प्लोस्टाइन, घाना, इथोपिया, क्यामरोन, जिम्वावे, सोमालिय र इराकका नागरिकलाई नेपालले अनआराइभल भिसा दिने गरेको छैन् ।
पछिल्लो समय पेरिसमा नागरिकको ज्यान जाने गरी आक्रमण गरेका उनीहरुप्रति विश्व नै सचेत हुँदै त्यसलाई जरैदेखि निर्मूृल पार्न विश्व लागि परेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment