'सिघंम'को तेस्रो सिक्वलको नाम 'एस थ्री'; यस्तो छ फस्ट लुक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 आफ्नो तेस्रो सिक्वलको नाम परिवर्तन गर्ने बताएको 'सिघंम'ले आफ्नो नयाँ नाम र पहिलो लुक जारी गरेको छ। 'सिघंम ३'को नाम 'एस थ्री' हुने भएको छ। तमिल सुपरस्टारको सुर्याको अभिनय र निर्माण रहने फिल्मको तीनवटा पोस्टर सार्वजनिक भएको छ।
सन् २०१०मा पहिलो 'सिघंम' रिलिज भएयता फिल्मको चर्चा चुलिदो छ। यसले सुर्यालाई गैर तमिल दर्शहरुमाझ समेत परिचय गराउन सफल रह्यो। बलिउडमा रिमेक गरिएका थुप्रै फिल्ममा सुर्याको हिट फिल्महरु पर्छन्। जोन अब्राहमको 'फोर्स', अजय देवगनको 'सिंघम', आमिर खान अभिनित 'गजनी' यसका केहि उदाहरण हुन्।
पछिल्लो समय हिन्दीमा डब गरिएका दक्षिण भारतिय फिल्ममा पनि उल्लेखिय दर्शक उपस्थिति बढिरहेको अवस्थामा सुर्याको लागि परिचित नामको फिल्मको सिक्वलमा देखिनु पलदायी हुने फिल्म बजार विश्लेषकहरुले अनुमान गरेका छन्।
हरिले निर्देशन गर्ने फिल्ममा सुर्यासँगै अनुष्का शेट्टी र श्रुति हसनको मूख्य भूमिका रहेको छ। फिल्ममा उनलाई 'यूनिभर्सल कप'को ट्याग दिइएको छ।  

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment