नयाँ प्रजातिको धान सिफारिस हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

   डुबान क्षेत्र र सामान्य धान खेतमा पनि राम्रो उत्पादन हुने देखेपछि सरकारले यसै वर्ष चेहरान सव १ नामक नयाँ प्रजातिको धानलाई सिफारिस गर्ने तयारी गरेको छ। 
 
तीन वर्षको अनुसन्धानबाट देशको पूर्वदेखि पश्चिम तराई क्षेत्रमा यस प्रजातिको धानको उत्पादन राम्रो देखिएपछि सिफारिस गर्न लागिएको इरी नेपाल कार्यालयका वरिष्ठ कृषि वैज्ञानिक डा भव त्रिपाठीले जानकारी दिए। 
 
अनुसन्धानबाट १ सय २५ दिनमै पाक्ने भएकाले धानपछि लगाइने अन्य बाली चक्रमा पनि यो प्रजातिको धान उपयोगी हुने डा त्रिपाठीले बताए। हालसम्म नेपालमा सिफारिस भएका ८७ प्रजातिका धानका बिउमध्ये झण्डै आधा अर्थात् ४० प्रजातिका धान इरीले नै विकसित गरेको छ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशनमा नेपाल र क्याम्बोडियामा लागू गरिएको साना किसानको धान उत्पादनमा क्षमता वृद्धि गर्ने कर्यक्रमअन्तर्गत खाद्यान्नको अभाव हुने पहाड र तराईका २० जिल्लामा सञ्चालन भएको छ। 
 
सन् २०१५ को सुरुदेखि लागू भएको यस कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ। 
 
कार्यालयले यस वर्ष कार्यक्रम लागू भएका २० जिल्ला तथा झापा र मोरङसमेतमा गरी २ सय ५२ टन सुख्खा १ देखि ६ प्रजाति र खुमल ४ र १० गरी आठ प्रजातिका धानका विबउ निःशुल्क वितरण गरेको जनाएको छ। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment