‘शकुन्तला’ मा राजेश रहस्य

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नेपाली फिल्ममा दुई दशकभन्दा बढी समय नायकको रुपमा एकछत्र राज गर्न सफल राजेश हमाल पछिल्लो वर्ष केही सुस्ताएका छन् । उमेरले पाँच दशक काटेपछि उनी घर गृहस्थीमा व्यस्त हुन थालेका छन् । तर फिल्मबाट पुरै नहराएको छनक भने दिईरहन भने सफल छन् ।

फिल्म ‘बागमती’ बाट पुष २५ मा दर्शकमाझ आउन लागेका राजेश मंगलबार अर्को एक फिल्ममा पनि अनुबन्ध भएका छन् । दिनेश श्रेष्ठको निर्देशन रहने फिल्म ‘शकुन्तला’ मा राजेश हमाल र अनु शाहको मुख्य भूमिका रहने बताइएको छ । निर्देशक श्रेष्ठले फिल्मलाई नारीप्रधान बताउँदै थपे, ‘यो एक सस्पेन्स, एक्सन र सोसल स्टोरीमा आधारित फिल्म हो ।’

नारीप्रधान भनिएको ‘शकुन्तला’ मा अनुले आफू पत्रकारको चरित्रमा रहेको खुलाईन् । ‘फिल्ममा म पत्रकारको भूमिकामा हुनेछु । सस्पेन्स फिल्म भएकोले बाँकी कुरा भन्न मलाई अनुमति छैन,’ अनुले भनिन् ।

राजेशले भने आफ्नो भूमिकाबारे मौनता साध्न चाहे । सधैं नायकका रुपमा मूख्य भूमिकामा देखिने राजेश नारीप्रधान फिल्ममा के कुराले खेल्न सहमत भए त ? उनी केही खुले, ‘शकुन्तला’ जो पनि हुनसक्छ । नारी नै हुनुपर्छ भन्ने छैन । त्यो म पनि हुन सकुँला वा अरु कोही पनि ।’ उनले पटकथामा नवीनता भेटेकैले खेल्न सहमति जनाएको पनि खुलाए ।

फिल्ममा राजेश र अनुसहित किशोर खतिवडा, रबीन्द्र बस्नेत, सुवर्णस्मृति श्रेष्ठ, रवि गिरी, प्रदीप उदय, प्रदीप ढकाललगायतको अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व र माइकल चन्दको नृत्य निर्देशन रहने फिल्मको पटकथा स्वयं निर्देशक श्रेष्ठले नै लेखेका हुन् भने छायांकनको जिम्मा पनि उनी आफैंले सम्हाल्दै छन् । फिल्मको सुटिङ यसै सातादेखि थालिने बताइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment