आन्दोलनले न्यायसेवा प्रभावित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

विराटनगर–मधेसी मोर्चाको आन्दोलन र बन्द हड्तालका कारण मोरङमा न्याय सेवासमेत प्रभावित भएको छ। आन्दोलन र बन्दका कारण सदरमुकामबाट टाढाका सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकेको,मुद्दा फस्र्यौट,लगत फस्र्यौट र दण्डजरिवाना असुली अभियान पनि प्रभावित भएको जिल्ला अदालत मोरङले जनाएको छ।अदालतका श्रेस्तेदार ध्रुवकुमार ढकालकाअनुसार जिल्ला अदालतले दण्ड जरिवाना असुलीका लागि सुरु गरेको विशेष अभियान साउनदेखि नै पूर्ण रुपमा प्रभावित भएको छ। उनले भने, 'दण्ड जरिवाना तोकिएको मानिस खोज्न अदालतका कर्मचारी गाउँसम्म जानसक्ने अवस्था नभएकाले अभियान प्रभावित भयो।' गत आर्थिक वर्षदेखि जिल्ला अदालत मोरङले दण्ड जरीवाना असुली अभियान सुरु गरेको थियो। अभियान सञ्चालन गरेर गतबर्ष जिल्ला अदालतले ५० लाख रुपैयाँ असुल गरेको थियो।
यस्तै मेलमिलाप केन्द्र मार्फत गरिने मुद्दा फस्र्योट पनि बन्द हड्तालले प्रभावित भएको छ । गत बर्ष मेलिमिलाप केन्द्र मार्फत ८६ वटा मुद्दा फस्र्यौट भएकोमा यो वर्ष ७ महिनामा मेलमिलाप केन्द्रमार्फत १२ वटा मात्रै मुद्दा मिलाइएको छ। दुई बर्ष पुराना मुद्दा घटाउने र छिटो छरितो सेवा प्रदान गर्ने काममा पनि बन्दले असर पारेको अदालतले जनाएको छ। साउनमा जिल्ला अदालत मोरङमा दुईवर्ष पुराना ६ वटा मात्रै मुद्दा रहेकोमा पुसमा बढेर यस्ता मुद्दाको संख्या ३५ पुगेको छ।

आन्दोलन र बन्द हड्तालका कारण लक्ष अनुसार न्यय सेवा प्रदान गर्न नसके पनि अदालतले प्रदान गर्ने सेवालाई छिटो, छरितो र सहज बनाइएको अदालतका न्यायधिश शेखरप्रसाद पौडेलको दाबी छ। 'जिल्ला अदालत मोरङले छिटो, छरितो र कमखर्चमा मुस्कानसहितको मर्यादित सेवा प्रदान गरिरहेको छ,' न्यायधीश पौडेलले भने। जिल्ला अदालत मोरङमा लेखनदास विनै सेवा ग्राहीले न्याय सेवा पाउनसक्ने र १५ दिन भित्रै फैसला दिन सक्ने व्यवस्था गरिएको पौडेलको दाबी छ ।
उनले भने, '४० प्रकारका र्फमको विकास गरी निःशुल्क रुपमा कर्मचारीबाटै भर्ने व्यवस्था गरिएकाले सेवाग्राहीले लेखनदास बिनै अदालतको सेवा पाउन सक्छन् ।'उनले न्याय सेवा लिन धेरै खर्च लाग्ने र झण्झट बेहुर्नु पर्ने अबस्था अब, अन्त्य भइसकेको बताए । न्याय सेवा बारे सेवाग्राहीले सोझै न्ययाधीशस"ग पनि गुनासा राख्न पाउने व्यवस्था गरिएको जानकारी दिए। यस्तै नयाँ संविधानले सार्वजनिक अपराध सम्बन्धी ,हातहतियार र राष्ट्रिय निकुञ्ज सम्बन्धी मुद्दा अन्य निकायबाट अदालतको अधिकार क्षेत्रभित्र सारेको पनि बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment