चाल्नाखेलको झडपमा हराएको डिएसपीको पेस्तोल अझै भेटिएन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पुस ८, २०७२- हिजो मंगलबार किर्तीपुरको चाल्नाखेलमा ग्यास वितरण गर्ने विषयलाई लिएर एभरेष्ट ग्यास कम्पनीमा प्रहरी र स्थानियबीच झडप हुँदा हराएको डिएसपी टिकाबहादुर केसीले बोकेको पेस्तोलको खोजी भइरहेको महानगरिय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए। हिजो भएको झडपमा डिएसपीले बोकेको पेस्तोल सहित वाकिटकी पनि हराएको थियो । वाकिटकी भने केही समयपछि हिजै फेला परेको थियो ।
सर्वसाधारणलाई ग्यास वितरण गर्ने सहमति भएअनुसार ग्यास वितरण नगरेको भन्दै चाल्नाखेलका स्थानीयबासीले एभरेष्ट ग्यास कम्पनीमा तोडफोड गरेका थिए । तोडफोड घटना नियन्त्रण लिने प्रयासमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा १० जना प्रहरी घाइते भएको थिए प्रवक्ता पोखरेलका अनुसार आँफैले बोकेको पेस्तोलको सुरक्षा गर्न नसकेका डिएसपी टिकाबहादुर केसीलाई महानगरीय प्रहरी परिसर, टेकु तानिएको छ । 'त्यहाँ नयाँ डिएसपी पठाउन लागिएको छ,' पोखरेलले भने, 'कसलाई पठाउने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन ।'
उनको अनुसार पेस्तोल खोसेको आशंकामा प्रहरीले हिजो ८ जना र आज बिहान १ जनालाई नियन्त्रणमा लिएको छ । 'पेस्तोल खोजी गर्नकै लागि १५ जनाको टोली खटाइएको छ । यस्तै फेरी झडप हुनसक्ने भएको हुँदा सुरक्षाका लागि सयजनाको हाराहारीमा प्रहरी परिचालन गरिएको छ,' उनले भने, 'अहिले भने स्थिति सामान्य नै छ ।' 
स्थानीय अर्जुन थापाका अनुसार आइतबार कम्पनीसँग स्थानीयबासीको मंगलबार ग्यास वितरण गर्ने सहमति भएको थियो । ‘तर सहमति अनुसार वितरण नगर्दा आक्रोसित स्थानीयबासीले कम्पनीमा तोडफोड गरेका हुन्,’ उनले भने ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment