कांग्रेस–मोर्चा बैठक भोलि पुन: बस्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कांग्रेस-मधेसी मोर्चा वार्ता । तस्विर सौजन्यः यूपी लामिछाने
कांग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा मोर्चाका नेताहरु साँझ ६ बजे पुगेका थिए । सरकारसँगको औपचारिक वार्ता रोकिएको बेला प्रतिपक्षी दल कांग्रेससँग भने मोर्चाको पटक–पटक वार्ता भएको हो । शनिबारपनि कांग्रेस–मोर्चा वार्ता महाराजगञ्जमै भएको थियो ।
मोर्चा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय र लक्ष्मणलाल कर्ण कोइराला निवास पुगेका छन् । कांग्रेसबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि लगायतका नेताहरु सहभागी थिए ।
मोर्चाका नेताहरु ठाकुर, यादव, राय र कर्णले सोमबार बिहान भारतीय राजदूत रञ्जित रायसँग पनि भेटवार्ता गरेका थिए । लैनचौरस्थित दूतावासमा बिहान पौने ९ बजे पुगेका मोर्चा नेताहरु त्यहाँ करिब २ घण्टा बिताएका थिए । मधेस आन्दोलनलाई सम्बोधन गर्न आइतबार साँझ मन्त्रिपरिषदले गरेको निर्णयका विषयमा राजदूत रायले मोर्चा नेताहरुको धारणा बुझेको बताइएको छ । परराष्ट्रमन्त्री कमल थापाले मोर्चाका नेताहरुलाई सरकारको धारणा बुझाएका थिए ।
मोर्चा नेता महेन्द्ररायले सरकारको निर्णयका विषयमा राजदूत रायले आफूहरुको धारणा मागेको र आफूहरुले त्यसबाट समस्याको समाधान हुँदैन भनेर जानकारी गराएको बताएका छन् ।
एक कार्यक्रममा यादवले भने,' भारतको हामीलाई कुनै दवाव छैन । उहाँहरु पनि समाधान छिटो होस भन्ने चाहनु हुन्छ ।'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment