लुटपाटमा गुन्डा नाइकेदेखि पूर्वप्रहरीसम्म

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



विराटनगर: मोरङको उर्लाबारीमा मध्य दिउँसो भएको लुटपाटको घटनामा गुन्डा नाइकेदेखि पूर्वप्रहरीसम्मको संलग्नता रहेको पाइएको छ।
 
उर्लाबारी ३ का डम्बर गुरुङको घरमा गुन्डा नाइके उर्लाबारी २ का २९ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूको नेत्रृत्वमा भएको लुटपाटको घटनामा पूर्वप्रहरी उर्लाबारी ४ मा बस्दै आएका २६ वर्षीय हर्क परियारसमेतको संलग्नता रहेको पुष्टि भएको हो। 
घटनामा लामो समयदेखि उर्लाबारी क्षेत्रमा गुन्डागर्दीका माध्यमबाट आतंक मच्चाउँदै आएका सुशन, पूर्वप्रहरी परियार, मधुमल्ला १ का २५ वर्षीय अर्जुन तेयुङ लिम्बू, उर्लाबारी २ का २५ वर्षीय विष्णु नेपालीसमेतको समूह संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ।
 
घटनामा संलग्न परियारबाहेक अन्य सबै फरार छन्। लुटपाटमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको पाइएपछि प्रहरीले उनीहरूको खोजी र घाटनाको अनुसन्धानलाई एकै साथ अगाडि बढाइएको जनाएको छ।
 
प्रहरी हौँ भन्दै पुगेको लुटेरा समूहले घरमा डम्बरकी पत्नी बिना मात्र भएको मौका छोपेर मंगलबार दिउँसो १ बजे लुटपाट मच्चाएको थियो। लुटेरा समूहले बिनालाई दुव्र्यवहार र विभिन्न धाक धम्की दिंदै घरमा रहेको एक तोला सुन, २६ हजार रुपैयाँ नगद, चाँदीको जलप लगाएको एक किलोको थाली, ४२ इन्चको एलईडी टीभी र आठवटा करुवा लुटेर लगेको थियो।
 
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार लुटपाटमा संलग्न पूर्वप्रहरी जवान परियारलाई बुधबार पक्राउ गर्न प्रहरी सफल भएपछि घटनामा संलग्नहरूका बारेमा पुष्टि भएको हो। परियारविरुद्ध प्रहरीले डाँका मुद्दा चलाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment