मलंगवामा आज पनि तनाव, ६ जना घाइते ३६ राउण्ड रबर बुलेट र ६ राउण्ड अश्रु ग्यास प्रहार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पुस ८, २०७२- मोर्चा नेता थुनाको बिरोधमा मलंगवामा भएको उग्र प्रदर्शनपछि बुधवार साँझ प्रहरीले रबर बुलेट र अश्रुग्यास प्रहार गर्दा ६ जना घाइते भएका छन् ।
अध्यारो भएपछि प्रहरी र प्रदर्शनकारी विच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीका तर्फवाट पेट्रोल बम हानेपछि अश्रु ग्यास र रबरको गोली चालाउनु परेको प्रहरीले जनाएको छ ।
रबर बुलेटवाट राम भजन, आभास मन्सुर घाइते भएका छन् । मलंगवा नगरपालिका-३ का अभिषेक मन्सुर प्रहरीको कुटाईवाट घाइते भएको मोर्चाले जनायो । उनलाई उपचारार्थ भारतको सितामढी पठाइएको छ ।
दिनभर दोहोरो झडप भइरहेपनि साँझ पेट्रोल बम हानेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको प्रहरी नायव उपरीक्षक रमेश खड्काले वताए । 'झण्डै सयवटा पेट्रोल बम प्रहरीमाथि प्रहार भयो,' उनले भने, 'भिड तितर वितर पार्न अश्रु ग्यास र रबर बुलेट हान्नु पर्‍यो ।'
प्रहरीले ३६ राउण्ड रबर बुलेट र ६ राउण्ड अश्रु ग्यास प्रहार भएको जनाएको छ । प्रदर्शनकारीले सिंचाई र खानेपानी कार्यालय नजिक आगजनी र तोडफोड सुरु गरेपछि लखेट्न प्रहरीले बल प्रयोग गरेको थियो ।
मलंगवामा तीन दिनदेखि दैनिक झडप भइरहेको छ । मोर्चा आबद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवलाई पक्राउ गरेको बिरोधमा प्रदर्शन उग्र भएको हो । उनलाई आइतवार राति मलंगवा स्थित रेडियोमा अन्तवार्ता दिन गएका बेला प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको आरोपमा उनलाई सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि प्रहरी हिरासतमा राखिएको छ । मंगलबारको झडपमा पनि एक दर्जन आन्दोलनकारी घाइते भएका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment