भ्याक्सिन नहुँदा शल्यक्रिया प्रभावित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस ९, २०७२- मध्य तराईको उपचार गन्तव्य वीरगन्जमा अत्यावश्यक औषधिसमेत अभाव हुँदा उपचार प्रभावित बनेको छ । पछिल्लो समय सुत्केरी व्यथा लागेका महिलाको आकस्मिक शल्यक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन ‘बुपिभ्याक्सिन’ अभाव छ । त्यसले शल्यक्रिया सेवा प्रभावित भएको छ ।
नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ एवं सर्जन जगतप्रसाद दीपले ३ दिनयता भ्याक्सिन अभाव भएकाले प्रसूति व्यथाले च्यापेकी महिलाको शल्यक्रिया हुन नसकेको बताए ।
‘वीरगन्जमात्र होइन, यस क्षेत्रमा यस्तो भ्याक्सिन अभाव छ,’ उनले भने, ‘यस्तो अवस्थामा बिरामीलाई जटिल र लामो विधिबाट बेहोस गरेर शल्यक्रिया गर्नुबाहेक विकल्प हुँदैन ।’ सामान्य तथा गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेको तर सहजै बच्चा पैदा नभएको अवस्थामा शल्यक्रिया गर्नुपर्दा यसको प्रयोग गरिन्छ ।
बुपिभ्याक्सिन बिरामीलाई बेहोस गर्ने औषधि हो । नाइटोभन्दा तल दिइने भ्याक्सिनले कम्मरमुनिको भागलाई ४ देखि ५ घण्टासम्म बेहोस बनाउँछ । उपलब्ध नभए अर्को भ्याक्सिन दिनुपर्छ ।
जसले बिरामीको सम्पूर्ण शरीर २४ घण्टा बेहोस बनाउँछ । ‘यस्तो अवस्थामा बिरामीलाई सामान्य अवस्थाको भन्दा खतरा बढी हुन्छ,’ चिकित्सक दीपले भने, ‘त्यसबाहेक अतिरिक्त स्वास्थ्य परीक्षण गराउनुपर्दा समय बढी लाग्ने र थप व्ययभार बढ्न जान्छ ।’ सुत्केरी महिला छिट्टै होसमा आए उनले नवजात शिशुको बढी स्याहारसमेत गर्न पाउँछिन् ।
मंसिर–पुसमा तराईमा शिशु जन्मने दर बढी हुने गर्छ । चिकित्सकका अनुसार यो भ्याक्सिन प्राय: भारतबाट आयात हुन्छ । अहिले यहाँ साधारणदेखि, एन्टिबायोटिक र जीवनरक्षक औषधि चरम अभाव भएको व्यवसायी बताउँछन् । मधुमेह, मुटुरोग, रक्तचाप, नसा, मानसिक रोगलगायत औषधि अभाव छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment