कांग्रेस र मधेसवादी दलबीच सहमति भएन, भोलि फेरि बैठक बस्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरुबीच बैठक भोलि पुनः बस्ने गरी सकिएको छ।
आइतबार साँझ पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकमा कांग्रेसका नेताहरुले संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेसी समुदायले उठाउदै आएको माग सम्बोधन हुने र बाँकि विषयमा थप छलफल र सहमति गर्दै अघि बढ्न मोर्चासँग आग्रह गरेको थियो।
बैठकपछि सेतोपाटीसँग कुरा गर्दै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाका नेताहरुसँग आजको बैठकमा राम्रै कुराकानी भएपनि कुनै विषयमा सहमति र टुंगो नलागेको बताए।
‘हामीले आजको बैठकमा संविधान संशोधनको प्रस्ताव जसले मधेसी लगायतका असन्तुष्ट पक्षले उठाउँदै आएको राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुराको माग सम्बोधन गरौं भन्यौं,’ पौडेलले भने, ‘तर उहाँहरुले सीमांकन र नागरिकताको विषय लगायतका अन्य विषय पनि प्याकेजमा नै एकसाथ सम्बोधन गर्नुपर्ने धारणा राख्नु भयो।’
एकघण्टा लामो छलफलमा कुनै विषयमा सहमति नभएपनि सबै विषयमा थप छलफल र सहमतिको प्रयासका लागि मोर्चाका नेताहरुसँग सोमबार बिहान पुनः बस्ने गरी आजको बैठक सकिएको पौडेलले बताए।
पुस ३ गते शुक्रबारदेखि संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावमाथि सैद्धान्तिक छलफल  शुरु गर्ने तयारी सभामुखले गरेपनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले मोर्चासँग सहमतिका लागि पाँचदिनको समय माग गरेपछि पुस ८ गतेसम्मका लागि बैठक स्थगित भएको थियो।
त्यसपछि सरकारी वार्ता टोली र प्रमुख दलका नेताहरुले मोर्चासँग औपचारिक रुपमा कुनै वार्ता गर्न र निश्कर्षमा पुग्ने आधार तयार पार्न सकिरहेका छैनन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment