तीन दलका एक सय ५० मधेसी सांसदहरुलार्इ राजेन्द्र महत्तोले चिठ्ठी पठाए, के लेखे चिठ्ठीमा ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

विरगन्ज, ८ पुस– लामो समय देखि आन्दोलनमा लागेका राजेन्द्र महतोले मधेसका सांसदहरुलाई लिखित पत्र पठाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष महत्तोले नाका थुन्ने आन्दोलनमा सहभागी हुन चार दलका मधेशी सांसदलाई चिठ्ठी पठाएका हुन् ।

वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले  मधेस आन्दोलनमा सरिक हुन आग्रह गर्दै प्रमुख तीन दल तथा अन्य दलका मधेसी सांसदहरुलाइ पत्र पठाइएको बताए। 

मधेस आन्दोलनमा पछिल्ला दिनमा जनताको सहभागिता न्यून हुँदै गएपछि महतोले लिखित रुपमा पत्र काटेर यस्तो उर्दी जारी गरेका हुन् ।

महत्तोले भने, तीन दलका सबै एक सय ५० जना मधेसी सांसदहरुलाइ आफुले लिखित रुपमै पत्र पठाएर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गरेका छौं।

संसदीय दलमार्फत सबै सांसदको हातमा पुग्ने गरि पत्र पठाएको छु, उनले भने , तीन वटै दलका मधेसी सांसदहरु हिम्मत गरेर आ आफनो पार्टी परित्याग गरि मधेसीको अन्तिम लडाइमा आए मधेसी जनताले फुलमाला लगाएर स्वागत गर्छन् ।

उनले थपे, तर पार्टीको झण्डा बोकेर मधेस आन्दोलनमा आए भने जनताले मधेसमा छिर्न पनि दिदैनन्।  मधेसका माग पुरा गराउनका लागि जारी मधेस आन्दोलन मार्फत सरकार र तीन दललाइ अन्तिम धक्का दिने तयारी मधेसी मोर्चाले गरिरहेको उनले बताए।

चार महिना देखि जारी बन्दहडताल र तीन महिनाको नाकाबन्दीले सरकार र ठुला तीन दल गलिसकेको भन्दै अध्यक्ष महत्तोले भने ,‘सरकार र तीन दल भित्रभित्रै गलिसकेका छन् ,तर उनीहरुले बाहिर भने यो कुरा भन्न मात्र सकिरहेका छैनन्।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment