भारतसँग सिमाना जोडिएको पुर्वी नेपालका विभिन्न स्थानवाट पाँचवटा सिमास्तम्भ हराए,पाँचवटा भत्किए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन।

इलामको पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयले पाँचथरको सिदिनदेखि इलामको जिर्मलेसम्मका सीमास्तम्भको २०६७ सालमै स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका सीमास्तम्भको विवरण गृहमन्त्रालयलगायत माथिल्लो निकायमा बुझाए पनि अझैसम्म पुनःनिर्माण भएको छैन।  सीमा प्रशासन प्रमुख यज्ञप्रसाद निरौलाले पाँचवटा सीमास्तम्भ हराएका, पाँचवटा भत्किएका, दुईवटा पूर्ण क्षति भएकाले तिनीहरूको तत्काल पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनसहित सुझाव माथिल्लो निकायमा दिए पनि पहल नभएको बताए  । 

नेपालतर्फ नम्बर मेटिएका पाँच सीमास्तम्भमा पुनः नम्बर राख्न सुझाउँदै प्रतिवेदन बुझाइएको भए पनि पाँच वर्ष बित्दासमेत सुनुवाइ नभएको निरौला बताउनुहुन्छ। प्रतिवेदन कार्यान्वयनका लागि माथिल्लोस्तरबाटै निर्णय भएर कार्यक्रम आउनुपर्ने उनको भनाइ छ।  सीमा प्रशासनले तयार पारेको प्रतिवेदनमा पाँचथर सिदिनदेखि इलामको जिर्मलेसम्मकै मुख्य तथा सहायक सीमास्तम्भको अहिलेको अवस्थाका बारेमा उल्लेख गरिएको छ। २०५८ सालताका हराएका ७१÷२१, ७१÷२२ र ७१÷२३ नंका सहायक स्तम्भ नभेटिएको र पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

पशुपतिनगर(श्रीअन्तुबीचको दीपकमल सामुदायिक वनभित्रका ७२÷३ र ७२÷४ नंका सहायक स्तम्भ पनि नभेटिएको सो प्रतिवेदनमा जनाइएको छ। गोर्खे(४ को मर्च्याङस्थित सीमा क्षेत्रको १९÷२ नंको मुख्य स्तम्भ भत्किएको छ। श्रीअन्तु(८ मा ७२÷७ नंको सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ।  टुटफुट भएर सग्ला नरहेका स्तम्भ पनि निकै वटा छन् । एकपल्ट गाडेपछि नियमित निरीक्षण र अनुगमन नहुँदा जीर्ण बन्दै गएका स्तम्भ कस्तासम्म भेटिएका छन् भने पाँचवटामा नेपालतर्फ नम्बरै देखिँदैनन्। 

हरेक स्तम्भका नम्बर दुई देशको नापी विभाग कार्यालयको अभिलेखमा राखिने र त्यो अभिलेख स्तम्भमा पनि रहिरहनुपर्ने प्रावधान भए पनि त्यो कार्यान्वयन भएको छैन। सीमा प्रशासनका अनुसार गोर्खे(४ लामीधुराको १९÷१ नं स्तम्भको नम्बर मेटिएको छ। पशुपतिनगर(५ पुलखोलाका दुईवटा स्तम्भमा नम्बर देखिँदैन। श्रीअन्तु(७ र ८ का एक÷एक स्तम्भमा पनि नम्बर मेटिएको छ। गतवर्ष इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक ईश्वर थापाको अगुवाइमा सीमा क्षेत्रका स्तम्भको खोजी, रङरोगन र सरसफाइ गरिएको थियो। दुई देशबीचका अधिकारीसहितको टोलीले सीमास्तम्भलाई रङरोगन गर्ने कार्य, सीमास्तम्भ वरिपरि सरसफाइलगायतका काम गरेको थियो।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment