भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
काठमाडौँ, ८ पुस– नेपालका २२ जिल्ला भारतले खोस्नुपर्छ भन्ने अभिब्यक्ति दिएका भारतीय जनता पार्टीका सांसद कीर्ति आज़ादलाई पार्टीले निलम्बन गरेको छ।
उनले केहि समय अघि नेपालले तराईका २२ जिल्ला भारतलाई फिर्ता गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। जसको नेपाल लगायत भारतमा पनि विरोध भएको थियो ।
तर उनलाई निलम्बन गर्नुको कारण भने त्यो होइन् । उनलाई केन्द्रीय अर्थमन्त्री अरुण जेटली विरुद्ध गलत शब्द प्रयोग गरी अभिव्यक्ति दिएको आरोप छ।
सांसाद आज़ादले आफ्नै पार्टीका नेता तथा अर्थमन्त्री जेट्ली दिल्ली क्रिकेट विकास बोर्डको अध्यक्ष हुँदा फर्जी कम्पनीलाई रकम भुक्तान गरी भ्रष्टाचार गरेको आरोप लगाएका थिए। भाजपा प्रवक्ता शाहनवाज हुसैनले आजादलाई निलम्बन गरिएको पुष्टि गरेका हुन् ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment