भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
काठमाडौंमा चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासमा झडप हुँदा हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटिएको छ। किर्तिपुर वृतका डिएसपी टीकाबहादुर केसीले बोकेको हतियार स्थानीयले खोसेका थिए। पेस्तोलसँगै एक जनालाई पनि पक्राउ गरेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । केसीले बोकेको चाइनिज मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको अवस्थामा थियो।
ग्यास नपाएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले प्रतिकार गर्दा डिएसपीको पेस्तोल हराएको थियाे । प्रहरीले उक्त क्षेत्रमा ब्यापक निगरानी गरेको थियो।
सो क्षेत्रमा प्रहरी परिचालन गरिनुका साथै चेकजाँच पछि एक व्यक्तिको साथबाट हराएको उक्त हतियार फेला परेको हो।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment