आइएसआइएसको कारण नेपालमा सिरियनले सहज भिसा नपाउने

आइएसआइएसको कारण नेपालमा सिरियनले सहज भिसा नपाउने


पुस ९, २०७२- सरकारले सिरियनलाई दिंदै आएको अन–अराइभल (अध्यागमनमा उपलब्ध गराइने) भिसा स्थगन गरेको छ ।
सिरिया र इराकमा अखडा जमाएका आतंककारीहरुले विश्वमा आतंक मच्चाएको कारण सिरियनलाई बिहिबारदेखि अनअराइभल भिसा नदिने निर्णय लिएको हो । इराकीलाई पहिलेदेखि नै दिइदैन ।
उनीहरुले सम्बन्धित दूतावासमार्फत् भ्रमणको स्पष्ट कारण र यहाँ जिम्मा लिने व्यक्ति देखाएमात्रै सम्बन्धित दूतवासबाट भिसा पाउनेछन् । स्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइएसआईएस) का लडाकुहरुले सहज प्रवेश पाउने मुलुक खोजिरहेको भन्दै नेपाललाई शक्तिसम्पन्न मुलुकहरुले यस्तो भिसा नदिन आग्रह गर्दै आएको थियो ।
 
दुई पक्षीय सम्बन्ध र सुरक्षा अनुसन्धानपछि सरकारले यस्तो निर्णय लिएको अधिकारीहरुले बताए । नेपाल सरकारले सिरियनहरुलाई समेत दिँदै आएको अनआराइभल भिसा रोक्न भारत, चीन, बेलायत, अमेरिका, रसिया लगायत मुलुकले अनौपाचारिक रुपमा आग्रह गर्दै आएका थिए ।
भिसा सम्बन्धीत मुलुकको आफ्नो व्यवस्था भएपनि उनीहरुले पछिल्लो अवस्थामा ध्यान दिन आग्रह गर्दै आएकोमा सरकारले आफ्ना अध्ययनपछि निर्णय लिएको एक अधिकारीले बताए ।
आन्तरिक सुरक्षा संजाल कमजोर भएको अत्यन्त सुरक्षीत स्थान आइएसआइएसको खोजिमा परेकोले नेपालले सचेत हुनैपर्ने देखिएको हो । भारत र चीनलाई समेत उनीहरुबाट सुरक्षा ‘थ्रेट’ रहेकाले यो स्थान आइएसआईएसको रोजाईमा पर्न सक्ने अधिकारीहरु बताउँछन् ।
नेपालमा राष्ट्रसंघिय सुरक्षा परिषद्का पाँच स्थायी मुलुक (शक्ति मुलुक) को दूतावास समेत रहेकोले पनि त्यसतर्फ पनि सचेत हुन आवश्यक छ । शक्ति मुलुकहरु उनीहरुको निसानामा रहेको भन्दै विश्वले आफ्नो सुरक्षा संयन्त्रलाई सचेत बनाएको छ ।
‘नेपालले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर सिरियाली नागरिकलाई दिँदै आएको अनआराइभल भिसा रद्द गरेको हो,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले कान्तिपुरलाई बताए ।
नेपालमा कूटनीतिक सम्बन्ध कायम भएका सबै मुलुकले अनअराईभल भिसा पाउने हुनाले यसकै फाइदा उठाएर उग्रवादीहरु पस्न सक्ने आशंकाले सिरियन नागरिकलाई अनअराइभल भिसा नदिन पहल केही समयअघिबाट गरिदैँ आएको थियो ।
गृहमन्त्रालय अन्तरगत अध्यागमनले दिएको सुरक्षा रिपोर्टको आधारमा सरकारले यस्तो निर्णय लिएको हो ।
शक्ति मुलुक र छिमेकी मुलुकहरुले समेत नेपालको विमानस्थल भित्रको सुरक्षा कमजोर रहेको टिप्पणी गरिरहेको अवस्थामा यस्तो निर्णय सरकारले लिएको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सदस्य समेत रहेको अफगानिस्तान सहित ११ मुलुकलाई नेपाल सरकारले अनरआइभल भिसा दिने गरेको छैन् ।
 
विश्वमा आतंक मच्चाउँदै आएको आइएसआइएसका कारण त्यसमा सिरिया पनि थपिएको मात्र हो । यसअघि अफगानिस्तान, स्वाजिल्याण्ड, नाइजेरिया, लाईवेरिया, प्लोस्टाइन, घाना, इथोपिया, क्यामरोन, जिम्वावे, सोमालिय र इराकका नागरिकलाई नेपालले अनआराइभल भिसा दिने गरेको छैन् ।
पछिल्लो समय पेरिसमा नागरिकको ज्यान जाने गरी आक्रमण गरेका उनीहरुप्रति विश्व नै सचेत हुँदै त्यसलाई जरैदेखि निर्मूृल पार्न विश्व लागि परेको छ ।

मधेसको समस्या केही दिनमै समाधान हुन्छ : प्रचण्ड

मधेसको समस्या केही दिनमै समाधान हुन्छ : प्रचण्ड


काठमाडौँ : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेसमा जारी समस्या राजनीतिकरुपमा केही दिनमै सम्बोधन हुने बताएका छन् । 
 
रिपोर्टर्स क्लबले आज उनकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष दाहालले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने बताए ।
 
मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेको जानकारी दिँदै उनले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल गरिरहेको उल्लेख गरे । 
 
आज पनि मधेसी मोर्चाका नेतासँग एक चरण वार्ता भएको र आन्दोलनरत दल पनि समस्या समाधान गर्नुपर्छ भन्नेमा रहेको आफूले पाएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्ष लचिलो भएर प्रस्तुत भए एकाध घन्टामा समस्या समाधान हुने विश्वास व्यक्त गरे । 
 
मधेसी मोर्चाले उठाएको प्रदेशको सीमाङ्कनबाहेकका विषयमा सहमति जुट्ने अवस्था रहेको भन्दै उनले सदनमा पेस भएको संविधान संशोधनको भाषा कस्तो बनाउने र कसरी सहमति जुटाउने भन्नेमा दलबीच संवाद जारी रहेको बताए । 
 
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्न सहयोग गरे जसरी नै मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्नसक्ने भन्दै उनले त्यसबाट केही माग सम्बोधन हुने र बाँकी रहेका विषयमा सम्बोधन गर्न तीन महिनाको समयसीमा दिएर उच्चस्तरीय समिति बनाइने बताए । 
 
'प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइन्छ', उनले भने, 'सो समितिले तीन महिनाभित्र दिने प्रतिवेदनका आधारमा सीमाङ्कनको विषय टुङ्ग्याइन्छ । त्यसमा सबैको सहमति हुन्छ भन्ने मेरो विश्वास छ ।' 
 
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले कालोबजारी र कमिसनखोरलाई नियन्त्रण गर्न आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट सरकारलाई आग्रह गरेको जानकारी दिँदै केही हदमा नियन्त्रणमा पनि आएको बताए ।

पेट्रोलियम ठगीमा संलग्न सहसचिवसहित नौजना थुनामा

पेट्रोलियम ठगीमा संलग्न सहसचिवसहित नौजना थुनामा


काठमाडौं : ललितपुर जिल्ला अदालतले कम परिमाणको पेट्रोलियम पदार्थको विक्रीमा संलग्न नौजनालाई थुनामा राख्ने आदेश दिएको छ । 
 
जिल्ला न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले पेट्रोलियम ठगीको घटनालाई गम्भीरतापूर्वक लिँदै नापतौल विभागका सह–सचिव रामआधार साहसहित नौजनालाई पुपक्र्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । 

अदालतले पेट्रोलियम कालोबजारीमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाबाट पक्राउ नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई पनि जेल चलान गर्ने आदेश दिएको छ । 

अदालतले पेट्रोलम पम्पको मिटर बिगारेर उपभोक्तालाई कम परिमाणको पेट्रोलिय विक्री तथा कालोबजारीमा संलग्न पेट्रोल पम्प सञ्चालकहरु हेमविक्रम राणा, गोपाल महर्जन, शैलेन्द्र बादे, शुभप्रसाद तिमल्सिना र युनुश प्रधानसहितलाई थुनामा पठाएको हो । 

खाना पकाउने बेलामा अब बत्ती आउँदैन

खाना पकाउने बेलामा अब बत्ती आउँदैन
पुस ९, २०७२- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक एक–एक घण्टा बढाएको छ ।
सातामा ७० घण्टा हुँदै आएको लोडसेडिङ शुक्रबारदेखि ७७ घण्टा हुने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भूवन क्षेत्रीले सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढेको जानकारी दिए ।
प्राधिकरणले बिहीबार नै सार्वजनिक गरेको तालिकाअनुसार अब खाना पकाउनेबेलामा सातामा एक दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गरे पनि व्यवहारमा प्रयोग भएन ।
नाकाबन्दीले ग्यास अभाव भएकाबेला बिजुलीमा खाना पकाउने कामकाजीलाई झन कष्ट हुने भएको छ ।

चारजना नयाँ मन्त्रीहरुले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए

चारजना नयाँ मन्त्रीहरुले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए


 काठमाडौं, ९ पुस । आज बिस्तार गरिएका चारजना नयाँ मन्त्रीले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय सित्तल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा राप्रपाका नेता दीपक बोहराले श्रम तथा रोजगार, समाजवादीका प्रेमबहादुर सिंहले खानेपानी तथा सरसफाइ, जनमुक्ति पार्टीका शिवलाल थापाले विज्ञान तथा प्रविधि र परिवार दलका एकनाथ ढकालले विना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

यसै गरी विना विभागीय मन्त्री शान्ता मानवीलाई शान्ति तथा पुनर्निर्माण मन्त्री बनाइएको छ भने विश्वेन्द्र पासवानलाई जनसंख्या तथा वातावरण मन्त्री बनाईएको छ।

आज बसेको मन्त्रीपरिषदको बैठकले मन्त्रीपरिषद् विस्तार गर्ने र ठूला मन्त्रालयहरु फुटाउने निर्णय गरेको थियो ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई फुटाएर जनसंख्या झिकिएको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाइ तथा खानेपनी मन्त्रालय बनाइएको छ ।

भारतसँग सिमाना जोडिएको पुर्वी नेपालका विभिन्न स्थानवाट पाँचवटा सिमास्तम्भ हराए,पाँचवटा भत्किए

भारतसँग सिमाना जोडिएको पुर्वी नेपालका विभिन्न स्थानवाट पाँचवटा सिमास्तम्भ हराए,पाँचवटा भत्किए

भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन।

इलामको पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयले पाँचथरको सिदिनदेखि इलामको जिर्मलेसम्मका सीमास्तम्भको २०६७ सालमै स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका सीमास्तम्भको विवरण गृहमन्त्रालयलगायत माथिल्लो निकायमा बुझाए पनि अझैसम्म पुनःनिर्माण भएको छैन।  सीमा प्रशासन प्रमुख यज्ञप्रसाद निरौलाले पाँचवटा सीमास्तम्भ हराएका, पाँचवटा भत्किएका, दुईवटा पूर्ण क्षति भएकाले तिनीहरूको तत्काल पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनसहित सुझाव माथिल्लो निकायमा दिए पनि पहल नभएको बताए  । 

नेपालतर्फ नम्बर मेटिएका पाँच सीमास्तम्भमा पुनः नम्बर राख्न सुझाउँदै प्रतिवेदन बुझाइएको भए पनि पाँच वर्ष बित्दासमेत सुनुवाइ नभएको निरौला बताउनुहुन्छ। प्रतिवेदन कार्यान्वयनका लागि माथिल्लोस्तरबाटै निर्णय भएर कार्यक्रम आउनुपर्ने उनको भनाइ छ।  सीमा प्रशासनले तयार पारेको प्रतिवेदनमा पाँचथर सिदिनदेखि इलामको जिर्मलेसम्मकै मुख्य तथा सहायक सीमास्तम्भको अहिलेको अवस्थाका बारेमा उल्लेख गरिएको छ। २०५८ सालताका हराएका ७१÷२१, ७१÷२२ र ७१÷२३ नंका सहायक स्तम्भ नभेटिएको र पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

पशुपतिनगर(श्रीअन्तुबीचको दीपकमल सामुदायिक वनभित्रका ७२÷३ र ७२÷४ नंका सहायक स्तम्भ पनि नभेटिएको सो प्रतिवेदनमा जनाइएको छ। गोर्खे(४ को मर्च्याङस्थित सीमा क्षेत्रको १९÷२ नंको मुख्य स्तम्भ भत्किएको छ। श्रीअन्तु(८ मा ७२÷७ नंको सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ।  टुटफुट भएर सग्ला नरहेका स्तम्भ पनि निकै वटा छन् । एकपल्ट गाडेपछि नियमित निरीक्षण र अनुगमन नहुँदा जीर्ण बन्दै गएका स्तम्भ कस्तासम्म भेटिएका छन् भने पाँचवटामा नेपालतर्फ नम्बरै देखिँदैनन्। 

हरेक स्तम्भका नम्बर दुई देशको नापी विभाग कार्यालयको अभिलेखमा राखिने र त्यो अभिलेख स्तम्भमा पनि रहिरहनुपर्ने प्रावधान भए पनि त्यो कार्यान्वयन भएको छैन। सीमा प्रशासनका अनुसार गोर्खे(४ लामीधुराको १९÷१ नं स्तम्भको नम्बर मेटिएको छ। पशुपतिनगर(५ पुलखोलाका दुईवटा स्तम्भमा नम्बर देखिँदैन। श्रीअन्तु(७ र ८ का एक÷एक स्तम्भमा पनि नम्बर मेटिएको छ। गतवर्ष इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक ईश्वर थापाको अगुवाइमा सीमा क्षेत्रका स्तम्भको खोजी, रङरोगन र सरसफाइ गरिएको थियो। दुई देशबीचका अधिकारीसहितको टोलीले सीमास्तम्भलाई रङरोगन गर्ने कार्य, सीमास्तम्भ वरिपरि सरसफाइलगायतका काम गरेको थियो।


लुम्बिनी विकास कोषलाई बुद्ध नेपालमा जन्मिएको प्रमाण जुटाउन पर्यटनमन्त्रीको निर्देशन

लुम्बिनी विकास कोषलाई बुद्ध नेपालमा जन्मिएको प्रमाण जुटाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं, पुस ९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भगवान् बुद्धको जन्म लुम्बिनीमा भएको यथेस्ट प्रमाण जुटाउन र तीन महिनाभित्र तीन तथ्य सार्वजनिक गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले भारतको त्रिपुरामा केही दिनअघि आयोजित कार्यक्रममा सहभागी हुने क्रममा बुद्ध
भारतमा जन्मिएको भनेर प्रचार गरेको देख्दा आफूलाई लज्जाबोध भएको बताए ।
काठमाडौंमा आज नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत दिपकराज जोशीको स्वागतमा राष्ट्रिय पर्यटन व्यवसायी संगठनले गरेको कार्यक्रममा मन्त्री पोखेरलले भारतले बुद्धका बारेमा गरेको गलत प्रचारप्रसारको खुलेर विरोध गरे। बुद्धको जन्मस्थल र बुद्धका विषयमा विद्यमान भ्रमलाई चिर्न सरकारले केही महिनाभित्रै लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत जोशीले आफ्नो काँधमा आएको जिम्मेवारी आफूले बोलेरभन्दा पनि कामबाट पुरा गरेर देखाउने प्रतिबद्धता जनाए ।

राजधानीको तापक्रम घट्दो, आज बिहानको तापक्रम दुई वर्ष यताकै न्यून

राजधानीको तापक्रम घट्दो, आज बिहानको तापक्रम दुई वर्ष यताकै न्यून
काठमाडौं, पुस ९ । काठमाडौं उपत्यकामा आज बिहान यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी जाडो अनुभव गरिएको छ । आज बिहान ८ बजेर ४५ मिनेटमा काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेकर्ड दुई वर्ष यताकै न्युन हो ।
हिजो उपत्यकाको न्युनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापनगरिएको थियो । महाशाखाले तापक्रम अझै तल झर्नसक्ने जनाएको छ ।
वायु प्रदूषणले सूर्यका किरण जमिनमा आउन नपाएको र हावा नचलेका कारण तापक्रममा गिरावट आएको मौसमविद्हरुले जनाएका छन् । साथै भारत र चीनका ठूला शहरको वायु प्रदुषणले पनि काठमाडौं लगायत नेपालभरीको मौसम चिसो बनाएको बताइएको छ ।
तापक्रम घटेर जाडो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ । हरेक वर्ष मध्य पुसपछि माघको पहिलो सातासम्म तापक्रम घट्ने क्रम जारी रहने भएकोले अब कम्तीमा २ सातासम्म तापक्रममा निकै उतार चढाव हुनसक्ने महाशाखाको भनाई छ ।
चिसो बढेपछि स्वासप्रस्वास, दम, रुघाखोकी, निमोनिया जस्ता समस्याले अस्पतालमा बिरामीको संख्या बढेको छ ।

सबै पक्ष लचिलो भए केही घण्टामै सहमति जुट्छ : दाहाल

सबै पक्ष लचिलो भए केही घण्टामै सहमति जुट्छ : दाहाल
काठमाडौं, पुस ९ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन परिवर्तन गर्ने भरपर्दो आश्वासन विना मधेसी मोर्चालाई सहमतिमा ल्याउन कठिनाई भईरहेको बताएका छन् । आफ्नै निवासमा आज संचारकर्मीसँग कुरा गर्दै उनले संसदमा प्रस्तुत संशोधन विधयकको भाषाका विषयमा छलफल भइरहको र मोर्चासँग भोलि आफुले पनि छलफल गर्ने जानकारी दिए मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएको भन्दै भारतसँगको सम्बन्ध र मधेस आन्दोलनलाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने उनको भनाई थियो । सबै पक्ष लचिलो भएर प्रस्तुत भए केही घन्टामै समस्या समाधान हुने उनले दाबी गरे । प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाएर तीन महिनाभित्र सोही समितिको प्रतिवेदनका आधारमा सीमांकनको विषय टुंग्याउन सकिने उनले बताए । 


ग्यास पाउन पहुँच हुनुपर्ने हो ?

ग्यास पाउन पहुँच हुनुपर्ने हो ?
ग्यास पाउन अहिले पहुँचवाला हुनुपर्ने भएको छ। निगमका कर्मचारी, उद्योगी तथा विक्रेतासँग पहुँच हुनेहरुले ग्यास लिइरहेका छन्। तर सर्वसाधारण जनता भने ग्यासको पर्खाइमा रहेका छन्। 
 
चर्काे मूल्य तिर्न सक्नेहरु कालोबजारीसँग ग्यासको सिलिन्डर खरिद गरिरहेका छन्।
 
त्यस्तै पहुँच हुनेहरुको पनि भान्सामा खाना पाकिरहेको छ। पहुँच नहुनेहरु जनता भने लोडसेडिङको तालिका हेर्दै खाना पकाउने सुरुमा बस्नुपर्ने भएको छ। लोडेसेडिङ पछि आएको बत्ति पनि डिम देखिन्छ।
 
डिम बत्ति आएपछि खाना पाक्दैन, भोकै बस्न पर्ने स्थिति छ। ग्यासका पसलेहरुले आफुबाट अन्य सामान पनि लानेहरुलाई मात्रै दिने बताउँछन्। ग्यास अभाव जनतालाई भएको छ भने यसका व्यापारीलाई आफ्नो अन्य व्यवसायको मेलो।

भरुवा बन्दुकसहित तीनजना पक्राउ

भरुवा बन्दुकसहित तीनजना पक्राउ
तनहुँ, पुस ९ । आबुखैरेनी नगरपालिका–७ स्थित पृथ्बी राजमार्गबाट एकनाले भरुवा बन्दुक ५ थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा आबुखैरेनी नगरपालिका–८ बस्ने ४३ वर्षीय लालध्वज भुजेल, २५ वर्षीय साजन थापा र ३१ वर्षीय लेखबहादुर भुजेल रहेका छन् । उनीहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियारसहित
फेला पारेको हो ।पक्राउ परेका तीनजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारको तयारीमा

प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारको तयारीमा
   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गरेका राप्रपा र नेपाल परिवार दललाई समेटेर बिहीबार सरकारलाई पूर्णता दिन लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसअघि राप्रपाले मन्त्री छान्न ढिला गरेपछि सरकारले पूर्णता पाएको थिएन। 
 
राप्रपाले पार्टीभित्रको आन्तरिक किचलोका कारण सरकार विस्ता भएको तीन महिनासम्म पनि आफ्नो तर्फवाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन सकेको थिए। प्रधानमन्त्री ओलीले बिहीबार राप्रपा र नेपाल परिवार दललाई एक–एक वटा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्। 
 
सरकारमा सहभागी हुने राप्रपा र नेपाल परिवार दलका मन्त्रीहरुलाई साँझ ५ बजे पद तथा गोपनियताको शपथ गराउने तयारी प्रधानमन्त्री ओलीको छ । 

नाइजेरियामा तीनसय जना शिया मुसलानको सामूहिक चिहान फेला

नाइजेरियामा तीनसय जना शिया मुसलानको सामूहिक चिहान फेला


काठमाडौं, ९ पुस - मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले नाइजेरियामा तीन सय जना शिया मुसलानको सामूहिक चिहान फेला परेको दाबी गरेको छ।

एचआरडब्लुले नाइजेरियाको उत्तरी शहर जरियामा तीन सय भन्दा वढीको संख्यामा शिया मुसलमानको सामूहिक चिहान फेला परेको जनाएको हो।

संस्थाले सरकारी सेनाले शिया मुसलमानको सामूहिक हत्या गरी उनीहरुको शवलाई एउटै ठाउँमा गाडेको समेत जनाएको छ । शिया मुसलमानसँगको संघर्षको क्रममा सरकारी सेनाले सामूहिक हत्या गरेको एचआरडब्लुको दाबी छ ।

सरकारी सेनाका प्रवक्ताले भने एचआरडब्लुको दाबीलाई अस्वीकार गर्दै सेनाले जरिया शहरमा कसैको हत्या नगरेको दाबी गरेका छन् । उनले एचआरडब्लुको प्रतिवेदनमा विश्वास गर्ने कुनै आधार नरहेको समेत जनाएका छन् । 

लुटपाटमा गुन्डा नाइकेदेखि पूर्वप्रहरीसम्म

लुटपाटमा गुन्डा नाइकेदेखि पूर्वप्रहरीसम्म


विराटनगर: मोरङको उर्लाबारीमा मध्य दिउँसो भएको लुटपाटको घटनामा गुन्डा नाइकेदेखि पूर्वप्रहरीसम्मको संलग्नता रहेको पाइएको छ।
 
उर्लाबारी ३ का डम्बर गुरुङको घरमा गुन्डा नाइके उर्लाबारी २ का २९ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूको नेत्रृत्वमा भएको लुटपाटको घटनामा पूर्वप्रहरी उर्लाबारी ४ मा बस्दै आएका २६ वर्षीय हर्क परियारसमेतको संलग्नता रहेको पुष्टि भएको हो। 
घटनामा लामो समयदेखि उर्लाबारी क्षेत्रमा गुन्डागर्दीका माध्यमबाट आतंक मच्चाउँदै आएका सुशन, पूर्वप्रहरी परियार, मधुमल्ला १ का २५ वर्षीय अर्जुन तेयुङ लिम्बू, उर्लाबारी २ का २५ वर्षीय विष्णु नेपालीसमेतको समूह संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ।
 
घटनामा संलग्न परियारबाहेक अन्य सबै फरार छन्। लुटपाटमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको पाइएपछि प्रहरीले उनीहरूको खोजी र घाटनाको अनुसन्धानलाई एकै साथ अगाडि बढाइएको जनाएको छ।
 
प्रहरी हौँ भन्दै पुगेको लुटेरा समूहले घरमा डम्बरकी पत्नी बिना मात्र भएको मौका छोपेर मंगलबार दिउँसो १ बजे लुटपाट मच्चाएको थियो। लुटेरा समूहले बिनालाई दुव्र्यवहार र विभिन्न धाक धम्की दिंदै घरमा रहेको एक तोला सुन, २६ हजार रुपैयाँ नगद, चाँदीको जलप लगाएको एक किलोको थाली, ४२ इन्चको एलईडी टीभी र आठवटा करुवा लुटेर लगेको थियो।
 
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार लुटपाटमा संलग्न पूर्वप्रहरी जवान परियारलाई बुधबार पक्राउ गर्न प्रहरी सफल भएपछि घटनामा संलग्नहरूका बारेमा पुष्टि भएको हो। परियारविरुद्ध प्रहरीले डाँका मुद्दा चलाएको छ।

पेस्तोल हराउने डीएसपी तानिए

पेस्तोल हराउने डीएसपी तानिए


काठमाडौं: कीर्तिपुरको चाल्नाखेलमा रहेको एभरेस्ट ग्यासको रिफिलिङ सेन्टरमा स्थानीयसँगको झडपमा पेस्तोल हराएको र समयमै माथिल्लो आदेश पालना नगरेको भन्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी टीकाबहादुर केसीलाई काठमाडौं परिसर तानिएको छ। 
 
केसीलाई छानबिनका लागि परिसर तानिएसँगै वृत्तको इन्चार्जमा महानगरीय प्रहरी रानीपोखरीका डीएसपी प्रेम बस्नेतलाई पठाइएको छ।महानगरीय प्रहरीले घटनाको आवश्यक छानबिनका लागि डीआईजी मधु पुडासैनीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ। 
टोलीमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल र परिसरका एसपी विश्वराज पोखरेल छन्।छानबिन समितिको टोलीले बुधबार घटनास्थलमा पुगेर अवलोकन गरेको थियो। 
 
ग्यास कम्पनीमा स्थानीयले आक्रमण गरेर मूलढोका तोडफोड, जाली च्यातिदिएको र प्रहरीमाथि ढुंगामुढा गरेको देखेपछि स्थानीयमाथि प्रहरीले कम बल प्रयोग गरेको निष्कर्षमा समिति पुगेको छ। ग्यास कम्पनीका मालिक शिव घिमिरेले केही दिन अगाडिमात्रै स्थानीयलाई ग्यास दिने बताए पनि मंगलबार ग्यास नदिएपछि स्थानीय आक्रोशित भएका थिए।
 
'डीएसपीको पेस्तोल लुटिँदासमेत प्रहरी आक्रोशित नभई सुझबुझका साथ कारबाही अगाडि बढाएको पाइयो, तर स्थानीय आक्रोशित हुने देखिएपछि सुरक्षा तैनाथीमा फिल्डमा जो कमान्डर थियो, उसको कमजोरी देखियो', छानबिन समितिका एक सदस्यले भने।
 
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रम थापाले घटनामा ग्यास कम्पनीको मालिक पनि दोषी पाइएको बताए। उनले भने,'पहिल्यैदेखि स्थानीयलाई रिफिलिङ सेन्टरबाटै ग्यास बाडिँदो रहेछ, सरकारी अनुगमन कडा भएपछि मात्रै ग्यास दिन्न भनेर भनिएको पाइयो। यसबाट स्थानीय आक्रोशित बन्न पुगे।'

भ्याक्सिन नहुँदा शल्यक्रिया प्रभावित

भ्याक्सिन नहुँदा शल्यक्रिया प्रभावित
पुस ९, २०७२- मध्य तराईको उपचार गन्तव्य वीरगन्जमा अत्यावश्यक औषधिसमेत अभाव हुँदा उपचार प्रभावित बनेको छ । पछिल्लो समय सुत्केरी व्यथा लागेका महिलाको आकस्मिक शल्यक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन ‘बुपिभ्याक्सिन’ अभाव छ । त्यसले शल्यक्रिया सेवा प्रभावित भएको छ ।
नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ एवं सर्जन जगतप्रसाद दीपले ३ दिनयता भ्याक्सिन अभाव भएकाले प्रसूति व्यथाले च्यापेकी महिलाको शल्यक्रिया हुन नसकेको बताए ।
‘वीरगन्जमात्र होइन, यस क्षेत्रमा यस्तो भ्याक्सिन अभाव छ,’ उनले भने, ‘यस्तो अवस्थामा बिरामीलाई जटिल र लामो विधिबाट बेहोस गरेर शल्यक्रिया गर्नुबाहेक विकल्प हुँदैन ।’ सामान्य तथा गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेको तर सहजै बच्चा पैदा नभएको अवस्थामा शल्यक्रिया गर्नुपर्दा यसको प्रयोग गरिन्छ ।
बुपिभ्याक्सिन बिरामीलाई बेहोस गर्ने औषधि हो । नाइटोभन्दा तल दिइने भ्याक्सिनले कम्मरमुनिको भागलाई ४ देखि ५ घण्टासम्म बेहोस बनाउँछ । उपलब्ध नभए अर्को भ्याक्सिन दिनुपर्छ ।
जसले बिरामीको सम्पूर्ण शरीर २४ घण्टा बेहोस बनाउँछ । ‘यस्तो अवस्थामा बिरामीलाई सामान्य अवस्थाको भन्दा खतरा बढी हुन्छ,’ चिकित्सक दीपले भने, ‘त्यसबाहेक अतिरिक्त स्वास्थ्य परीक्षण गराउनुपर्दा समय बढी लाग्ने र थप व्ययभार बढ्न जान्छ ।’ सुत्केरी महिला छिट्टै होसमा आए उनले नवजात शिशुको बढी स्याहारसमेत गर्न पाउँछिन् ।
मंसिर–पुसमा तराईमा शिशु जन्मने दर बढी हुने गर्छ । चिकित्सकका अनुसार यो भ्याक्सिन प्राय: भारतबाट आयात हुन्छ । अहिले यहाँ साधारणदेखि, एन्टिबायोटिक र जीवनरक्षक औषधि चरम अभाव भएको व्यवसायी बताउँछन् । मधुमेह, मुटुरोग, रक्तचाप, नसा, मानसिक रोगलगायत औषधि अभाव छ ।

चिसोले ७ भूकम्पपीडितको मृत्यु



पुस ९, २०७२- अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् ।
ठोकर्पा–३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभयो ।’ टोलमा अरू धेरै जना चिसोले सुन्निएको उनले बताए । ‘अरू पनि केहीको मृत्यु भइसक्यो,’ उनले भने ।
 
तीन सातायता ठोकर्पा– ३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । गाउँमा बिरामी पनि त्यतिकै छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए । स्थानीय अगुवा कृष्णबहादुर कार्कीले भने, ‘गाउँका सबैजसो वृद्धवृद्धा र बालबालिका बिरामी छन् ।’ उक्त वडामा १ सय २५ पहरी परिवार छन् । भूकम्पले घर भत्काएपछि उनीहरू सबैजसो छाप्रोमा छन् ।
टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । टहराभित्रै शीत पर्न थालेपछि उनीहरूलाई रोगले च्याप्न थालेको हो । स्कुले बालबालिकालाई ज्वरो आउने, घाँटी र टाउको दुख्ने समस्या जिल्लाभर देखिएको अस्पताल र स्वास्थ्य चौकीहरूले जनाएका छन् ।
 
ठोकर्पा–३ की गीतादेवी तिमल्सिनालाई फोक्सोको समस्या देखिएपछि उपचारका लागि राजधानी लगिएको छ । सोही ठाउँका लोकबहादुर खड्का सुन्निएकै अवस्थामा गाउँमै छन् । स्थानीय सूर्यप्रसाद न्यौपानेका अनुसार गाउँमा चिसोले बिरामी पर्नेको संख्या बढिरहेको छ ।
‘जस्तापातबाट शीत चुहिन्छ,’ स्थानीय ५२ वर्षीया कान्छी पहरी भन्छिन्, ‘रातभरिमा ओढ्ने भिज्छ, जीउ तात्दैन ।’ आफ्नो खेतीको आम्दानीले वर्षभरि खान नपुग्ने पहरी समुदायको बस्तीमा धरै बिरामी परेका छन् । कालिका– १ पुरानाकोट गाउँका मगर समुदायको घरैपिच्छे बिरामी छन् । ज्वरोले थलिएका वृद्ध भुवनबहादुर थापमगरले भने, ‘मरिएला जस्तो लागेको थियो, बल्लबल्ल स्वाँस्वाँ कम भएको छ ।’
विशेषगरी दम र खोकीका बिरामीलाई चिसोले थला पारेको छ । पुरानाकोटका होमनाथ न्यौपानेले भने, ‘यसपालिको जाडोमा त कालिका र ठोकर्पाका कोही न कोही नमरेका र अस्पताल नलगेको दिनै भएन ।’
स्थानीय स्वास्थ्य केन्द्रका अनुसार लेकाली बस्तीका वृद्धवृद्धा र बालबालिकामा चिसोले ज्वरो, खोकी र निमोनियाँ देखिएको छ । हिमाली बस्ती मानेखर्क स्वास्थ्य सेन्टरका चिकित्सक पासाङ छिरिङ लामाका अनुसार एक्कासि उच्च ज्वरो आउने र श्वासप्रश्वासको समस्या देखिने गरेको छ ।
उक्त केन्द्रमा जिल्लाको पश्चिम भेक भोताङ, गुन्सा, थाङपालधाप, थाङपालकोट, बरुवालगायतका गाउँका बिरामी उपचारका लागि आउने गरेका छन् । ‘दैनिक ३०–४० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने गरेका छन्,’ उनले भने, ‘विगत वर्षको तुलनामा यस वर्षको रुघाखोकी असामान्य प्रकृतिको छ ।’
केटाकेटीमा निमोनियाँ र ज्वरो बढी देखिएको छ । ‘स्वास्थ्य केन्द्रमा ६० प्रतिशतभन्दा बढी बिरामी ज्वरो र श्वासप्रश्वासको समस्या लिएर आउने गरेका छन्,’ चिकित्सक लामाले भने, ‘गाउँमा उपचार हुन नसकेपछि अन्यत्र पठाउने गरिएको छ ।’
तामाङ समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा बस्ने घर मात्र होइन, सामूहिक बसोबास र अस्वस्थ खानाले पनि रोग लाग्न सहयोग पुगेको छ । जिल्लाको पूर्वी भेकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक सुरेन्द्र शाह भन्छन्, ‘प्राय: वृद्धवृद्धा दम, खोकी, प्रेसरजस्ता समस्याबाट ग्रसित छन् । बालबालिकामा पनि निमोनियाँ र टाइफाइड देखिएको छ ।’
बाह्रबिसे प्रास्वाकेमा उपचार गराइरहेकी राम्चे–९ की पूर्णकुमारी मगरले भनिन्, ‘उसै त छाप्राको बास, झन् बढ्दो चिसोले दम बढेर मरिएला जस्तो भयो ।’ थामी समुदायको बसोबास रहेको पिस्कर स्वास्थ्य चौकीमा दैनिक ३०–४० जना बिरामी आउने गरेका छन् ।
स्थानीय मंगलामाई माध्यमिक विद्यालयका शिक्षक पृथ्वीजंग पाण्डे भन्छन्, ‘कतिपय परिवार जाडोले कठ्यांग्रिएर रात बिताउँछन् ।’ भूकम्पपीडित बिरामी हुने क्रम बढ्दै गए पनि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, ईसीजी जस्ता परीक्षणको व्यवस्था नहुँदा उपचारमा झन् कठिन भएको छ ।
‘एकातिर भूकम्पले भौतिक संरचना भत्काएको छ, अर्कोतिर जाँचका उपकरण पनि चल्न सकेका छैनन्,’ जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रकी चिकित्सक पुनम रावलले भनिन्, ‘भवन भत्केकाले बिरामीको उपचार टेन्टमा गरिएको छ ।’
दैनिक ४० देखि ५० जना बिरामी आउने उक्त केन्द्रमा एक्सरे, ईसीजीलगायतका जाँच मेसिन बिग्रेको छ । ‘जिल्लाको सबैभन्दा विकट गोल्चे, गुम्बा, पाङताङ, हगामलगायत हिमाली बस्तीबाट आउने बिरामीको एक्सरेसमेत हुन सक्दैन,’ रावलले भनिन्, ‘त्यस्ता बिरामीलाई राजधानी पठाउने गरिएको छ ।’
बिरामीको चाप रहेको बाह्रबिसे प्रास्वाकेमा कर्मचारीको अभावमा प्रभावकारी काम हुन सकेको छैन । ‘१६ जनाको दरबन्दी रहेकोमा ११ जनाले काम चलाएका छौं,’ चिकित्सक शाहले भने, ‘प्राविधिक कर्मचारी नहुँदा झन् समस्या छ ।’ ०६८ को जनगणनाअनुसार ६६ हजार घर रहेको जिल्लामा भूकम्पले ९० प्रतिशत घर भत्काएको थियो । भूकम्पका कारणले ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको थियो ।

तीन दलका एक सय ५० मधेसी सांसदहरुलार्इ राजेन्द्र महत्तोले चिठ्ठी पठाए, के लेखे चिठ्ठीमा ?

तीन दलका एक सय ५० मधेसी सांसदहरुलार्इ राजेन्द्र महत्तोले चिठ्ठी पठाए, के लेखे चिठ्ठीमा ?
विरगन्ज, ८ पुस– लामो समय देखि आन्दोलनमा लागेका राजेन्द्र महतोले मधेसका सांसदहरुलाई लिखित पत्र पठाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष महत्तोले नाका थुन्ने आन्दोलनमा सहभागी हुन चार दलका मधेशी सांसदलाई चिठ्ठी पठाएका हुन् ।

वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले  मधेस आन्दोलनमा सरिक हुन आग्रह गर्दै प्रमुख तीन दल तथा अन्य दलका मधेसी सांसदहरुलाइ पत्र पठाइएको बताए। 

मधेस आन्दोलनमा पछिल्ला दिनमा जनताको सहभागिता न्यून हुँदै गएपछि महतोले लिखित रुपमा पत्र काटेर यस्तो उर्दी जारी गरेका हुन् ।

महत्तोले भने, तीन दलका सबै एक सय ५० जना मधेसी सांसदहरुलाइ आफुले लिखित रुपमै पत्र पठाएर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गरेका छौं।

संसदीय दलमार्फत सबै सांसदको हातमा पुग्ने गरि पत्र पठाएको छु, उनले भने , तीन वटै दलका मधेसी सांसदहरु हिम्मत गरेर आ आफनो पार्टी परित्याग गरि मधेसीको अन्तिम लडाइमा आए मधेसी जनताले फुलमाला लगाएर स्वागत गर्छन् ।

उनले थपे, तर पार्टीको झण्डा बोकेर मधेस आन्दोलनमा आए भने जनताले मधेसमा छिर्न पनि दिदैनन्।  मधेसका माग पुरा गराउनका लागि जारी मधेस आन्दोलन मार्फत सरकार र तीन दललाइ अन्तिम धक्का दिने तयारी मधेसी मोर्चाले गरिरहेको उनले बताए।

चार महिना देखि जारी बन्दहडताल र तीन महिनाको नाकाबन्दीले सरकार र ठुला तीन दल गलिसकेको भन्दै अध्यक्ष महत्तोले भने ,‘सरकार र तीन दल भित्रभित्रै गलिसकेका छन् ,तर उनीहरुले बाहिर भने यो कुरा भन्न मात्र सकिरहेका छैनन्।’

चिसोले एकै महिनामा आठको मृत्यु

चिसोले एकै महिनामा आठको मृत्यु
सिन्धुपाल्चोक– मुटु कमाउने ठण्डी लिएर सिन्धुपाल्चोकका भूकम्प पीडितका जस्ताको अस्थायी टहरोमा छिरेको यो वर्षको चिसाले 'काल' बनेर आएको संकेत दिएको छ। शीत चुहिने र स्याँठ छिर्ने टहरोभित्र चिसोका कारण बिरामीको ज्यान जान थालेको हो। चिसोकै कारण पछिल्लो एक महिनामा ठोकर्पा गाविसका आठ वृद्धवृद्धाको मृत्यु भएको छ। स्थानीय शिक्षक तथा वडा नागरिक मञ्चका संयोजक शिवप्रसाद न्यौपानेले पछिल्लो २० दिनबीचमा चार र यसअघिको १२ दिनबीचमा तीन बृद्धबृद्धाको ज्यान गएको बताए। उनका अनुसार मृत्यु हुनेमा पिछडिएका पहरी समुदायका मात्र चार जना छन्।

'मृतकमध्ये ६ जना दम, खोकीका दीर्घ रोगी थिए। ठण्डीमा ब्यथाले च्याप्दा ज्यानै गयो,' उनले भने, 'मृतक एक पुरुषलाई टहरोमा बस्न थालेदेखि चिसो बिरामी बनाएको थियो। बढ्दो ठन्डी सहन सकेनन्।' ठोकर्पा–१ का एक पहरी बृद्ध, २ नं. वडा पहरी गाउँका तीन र सोही वडाका अन्य तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरु ५८–७० उमेर समूहका रहेको ठोकर्पा गाविस सचिव रामबहादुर न्यौपानेले बताए। उनका अनुसार एक बृद्धलाई चिसोले बिरामी बनाएपछि धुलिखेल अस्पतालमा पु¥याएर उपचार गरिएको थियो। गाउँमा फर्काएको केही समयमै मृत्यु भयो। पछिल्लो २० दिनमा ज्यान गुमाउनेमा ७० वर्षीय पदमबहादुर खड्का र पहरी गाउँका तीन वृद्ध छन्। 'केही साताअिघ चिसोले सुन्निएका उनीहरु घाम तापेर खोक्दै थिए। पछि मृत्यु भएको सुन्नु प¥यो,' उनले भने । मृत्युको कारण चिसो देखिएपनि उनीहरु दम, खोकीका पूराना दीर्घरोगी रहेको सचिव न्यौपाने बताउँछन्।

ठोकर्पा–३ मा १ सय ५८ घरधुरीमा पिछडिएका पहरी समुदाय छन्। सचिव न्यौपानेका अनुसार गाउँभरीनै चिसोका बिरामी छन्। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी सताइएको छन्। 'घरै पिच्छे बिरामी छन्,' उनले भने। उनका अनुसार राहतमा पाएको र पुराना समेटेर बनाइएका जस्ताको अस्थायी टहरोमा शीत चुहिन्छ, स्याँठ छेकिँदैन ।

जिल्लैभर चिसोका बिरामी बढेपनि त्यही कारण ज्यानै गएको यो जिल्लामा पहिलो हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सागरकुमार राजभण्डारी स्वास्थ्य संस्थामा चिसोका बिरामी बढेको बताउँछन्। उनका अनुसार जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउनेमा ५० भन्दाबढी चिसोकै हुन्छन्। जिल्लाका झण्डै ६७ हजार घरधुरीमध्ये ९० प्रतिशत भन्दा बढी घरसंरचना भत्केपछि साढे २ लाख जनसंख्या आठ महिनादेखि टहरोमा आश्रित छन्। टहरै पिच्छे चिसोका बिरामी छन्। दम, खोकी, रुघा, ज्वरो, टन्सिललगायतका समस्या देखिएका छन् । चिसो बढ्दै जाँदा केटाकेटी, वृद्धवृद्धा, दीर्घ रोगी जोगाउने चुनौती थपिएको छ। - See more at: http://nagariknews.com/main-story/story/51064.html#sthash.bCjcwprc.dpuf

१२ वर्षपछि बुवाको हत्याको बदला, १२ टुक्रामा शव

१२ वर्षपछि बुवाको हत्याको बदला, १२ टुक्रामा शव
१२ वर्षपछि बुवाको हत्याको बदला, १२ टुक्रामा शव

मुरादाबार–आफ्नो बुवाको हत्याको बदला लिन एक युवकले १२ वर्षसम्म पर्खिएर बुवाको हत्याराको हत्या गरेका छन्। ती युवकले १२ वर्षसम्म आफ्ना बुवाको हत्यारालाई हत्या गर्न पर्खेर बसेको वयान दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले जसै आफ्नो बुवाको हत्याराको हत्या गरे, तब उनले हत्याराको शवलाई १२ टुक्रा बनाएका थिए। ती युवकले प्रत्येक एकवर्षको पर्खाइमा हत्यारको शवलाई एक टुक्रा बनाएका थिए। प्रहरीले ती युवकलाई पक्राउ गरेपछि उनले आफ्ना बुवाको हत्याराको हत्या गरेको बयान दिएका छन्।
एपी राम सुरेश यादवका अनुसार ती युवले आफूले हत्या गरेको स्विकार गरेका छन्। प्रहरीले उनीबाट हत्यामा प्रयोग गरिएको हतियार, मृतकको मोवाइल र सिमकार्ड बरामद गरेको छ। प्रहरीका अनुसार हत्यामा संलग्न युवक आमल खान १२ वर्षको हुँदा उनका पारिवारिक एक मित्रले उनको बुवाको हत्या गरेको देखेका थिए। त्यही बेलादेखि उनले बुवाको हत्याको बदला दिने योजना बनाएका थिए। १६ डिसेम्बरमा आलमले बुवाको हत्यारालाई मदिरा पिउन आफ्नो घर बोलाएर चक्कू प्रहार गरी हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

पत्रकारसँग सवाल जवाफ भइरहँदा २४ वर्षीय आमलको अनुहारमा कुनै डर वा अफसोच देखिँदैन थियो। उनले बुवाको हत्याको बदला लिएर आफू खुशी भएको जवाफ दिए। उनले आफूले बुवाको हत्या गरेको देखेको १२ वर्षसम्म बुवाको हत्यारालाई मार्ने योजना बनाएको बताए। प्रहरीले १६ डिसेम्बर १२ टुक्रामा काटिएको शव देखेपछि घटनाबारे जानकारी भएको थियो। शीर काटिएको अवस्थामा भएका कारण उनको पहिचान गर्न समय लागेको प्रहरीले जनाएको छ।

क्रिसमस मनाए पाँच वर्ष जेल सजाय

क्रिसमस मनाए पाँच वर्ष जेल सजाय
क्रिसमस मनाए पाँच वर्ष जेल सजाय

ब्रुनाई– क्रिसमस आउन मात्र दुई दिन बाँकी छ। विश्वका धेरै देशमा क्रिसमसको तयारी तीब्र गतिमा भइरहेको छ। यस्तो बेलामा ब्रुनाईका सुल्तान हसनल बोल्कियाले आफ्नो देशमा क्रिसमस मनाउनेलाई सजाय दिने घोषणा गरेका छन्। 
उनको घोषणा अनुसार अब कसैले पनि ब्रुनाईमा क्रिसमस बनाए पाँचवर्षसम्म जेल सजाय हुनेछ। ब्रुनाई मुस्लिम देश हो। 'कसैले क्रिसमसमा बधाइ दिएको मात्र पाइएयो वा क्रिसमसको झल्को दिने टोपी लगाइएको पाइएमा जेल सजाय भोग्नुपर्नेछ,' सुल्तानले भने। गैर मुस्लिम समुदायलाई क्रिसमस बनाउने अनुमति दिइएको छ । तर, ती समुदायलाई बाहिर क्रिसमस मनाउनु परे प्रशासनको अनुमित लिनुपर्ने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। गैर मुस्लिम समुदायले क्रिसमसको उत्सवमा मुसलमानलाई सहभागी गराए उनीहरुमाथि पनि कारवाही गरिने सुल्तानले चेतानवी दिएका छन्। 

‘शकुन्तला’ मा राजेश रहस्य

नेपाली फिल्ममा दुई दशकभन्दा बढी समय नायकको रुपमा एकछत्र राज गर्न सफल राजेश हमाल पछिल्लो वर्ष केही सुस्ताएका छन् । उमेरले पाँच दशक काटेपछि उनी घर गृहस्थीमा व्यस्त हुन थालेका छन् । तर फिल्मबाट पुरै नहराएको छनक भने दिईरहन भने सफल छन् ।

फिल्म ‘बागमती’ बाट पुष २५ मा दर्शकमाझ आउन लागेका राजेश मंगलबार अर्को एक फिल्ममा पनि अनुबन्ध भएका छन् । दिनेश श्रेष्ठको निर्देशन रहने फिल्म ‘शकुन्तला’ मा राजेश हमाल र अनु शाहको मुख्य भूमिका रहने बताइएको छ । निर्देशक श्रेष्ठले फिल्मलाई नारीप्रधान बताउँदै थपे, ‘यो एक सस्पेन्स, एक्सन र सोसल स्टोरीमा आधारित फिल्म हो ।’

नारीप्रधान भनिएको ‘शकुन्तला’ मा अनुले आफू पत्रकारको चरित्रमा रहेको खुलाईन् । ‘फिल्ममा म पत्रकारको भूमिकामा हुनेछु । सस्पेन्स फिल्म भएकोले बाँकी कुरा भन्न मलाई अनुमति छैन,’ अनुले भनिन् ।

राजेशले भने आफ्नो भूमिकाबारे मौनता साध्न चाहे । सधैं नायकका रुपमा मूख्य भूमिकामा देखिने राजेश नारीप्रधान फिल्ममा के कुराले खेल्न सहमत भए त ? उनी केही खुले, ‘शकुन्तला’ जो पनि हुनसक्छ । नारी नै हुनुपर्छ भन्ने छैन । त्यो म पनि हुन सकुँला वा अरु कोही पनि ।’ उनले पटकथामा नवीनता भेटेकैले खेल्न सहमति जनाएको पनि खुलाए ।

फिल्ममा राजेश र अनुसहित किशोर खतिवडा, रबीन्द्र बस्नेत, सुवर्णस्मृति श्रेष्ठ, रवि गिरी, प्रदीप उदय, प्रदीप ढकाललगायतको अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व र माइकल चन्दको नृत्य निर्देशन रहने फिल्मको पटकथा स्वयं निर्देशक श्रेष्ठले नै लेखेका हुन् भने छायांकनको जिम्मा पनि उनी आफैंले सम्हाल्दै छन् । फिल्मको सुटिङ यसै सातादेखि थालिने बताइएको छ ।

विभिन्न देशका नेपाली दुतावास पत्र लेखेर ग्यास माग्दै,कुन दुतावासले कति मागे ? विवरण सहित

विभिन्न देशका नेपाली दुतावास पत्र लेखेर ग्यास माग्दै,कुन दुतावासले कति मागे ? विवरण सहित
नेपालस्थित विभिन्न देशका राजदूतावासले उद्योगीहरूसँग ग्यास माग्न थालेका छन् । ग्यास माग्दै विदेशी राजदूतावासहरूले पठाएको पत्र एलपी ग्यास उद्योग संघमा पुगेको र उपलब्धताका आधारमा राजदूतावासहरूलाई ग्यास दिइरहेको अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

उनले भने, ‘हामीले राजदूतावासजस्ता संवेदनशील निकायलाई सकेसम्म माग भएकै परिमाणमा ग्यास उपलब्ध गराउने गरेका छौँ ।’ उनले राजदूतावास, अस्पताल र अशक्त नागरिकलाई ग्यास दिन संघले प्राथमिकता तोकेको जानकारी दिए । भारतको नाकाबन्दीले इन्धनको हाहाकार भएपछि राजदूतावासहरूले पेट्रोल, डिजेल मागेर सरकारलाई हैरान बनाएका थिए । कूटनीतिक नियोगलाई प्राथमिकतामा राखेर आयल निगमको थानकोट डिपोबाट ब्लकमै सरकारले पेट्रोल, डिजेल उपलब्ध गराउन थालेको छ ।
                                                                            मागिएको ग्यास
भारतीय राजदूतावास    २००  
बेलायती राजदूतावास    १५०  
पाकिस्तानी राजदूतावास    १०५  
जर्मन राजदूतावास    ५०  
अरेबियाली राजदूतावास    ४०    
जापानी राजदूतावास    ३५    
कोरियाली राजदूतावास     ३५
फ्रान्सेली राजदूतावास    ३३  
श्रीलंकाली राजदूतावास    ३२    
नर्वेली राजदूतावास    ३०  
बंगलादेशी राजदूतावास    २५
अस्ट्रेलियाली राजदूतावास    २१  
 नेपाल स्विस राजदूतावास    २०  
डेनिस राजदूतावास    २०    
लेसियाली राजदूतावास    १५    
थाई राजदूतावास    १५  
कतारी राजदूतावास    १५    
म्यानमार राजदूतावास    १०    
इजिप्टेली राजदूतावास    १०  
ब्राजिली राजदूतावास    ४   

प्रसाशनकै मिलोमतोमा ग्यास कालोबजारी

प्रसाशनकै मिलोमतोमा ग्यास कालोबजारी
लहान–मंसिर २४ गते स्थानीय प्रसाशनले आयल निगमले निर्धारण गरेको मूल्य(सात सय) मा खाना पकाउने ग्यास (आधा सिलिण्डर) वितरण गर्न लगाउँदा स्थानीय उपभोतmाले प्रसाशनको तारिफ गरेका थिए। 
अव उपरान्त निर्धारित मूल्य भन्दा बढी रकम डिलरलाई तिर्नु पर्दैन भनेर हौसिएका उपभोतmा एक साता नबित्दै निरास बने। यसपछि प्रसाशनले निर्धारित मूल्यमा ग्यास वितरण गराउन सकेन। बरु आफ्नै उपस्थितिमा निर्धारित मूल्य (सात सय) भन्दा बढीमा ग्यास वितरण गर्न लगायो।
गत शनिबार लहानमा कामाख्या ग्यास प्रसाशनकै उपस्थितिमा ७ सय २५ देखि ८ सय सम्म बिक्री भयो। सोमबार रिजाल्को ग्यास पनि लहानस्थित सशस्त्र प्रहरी बेस क्याम्प अगाडि प्रसाशनकै उपस्थितिमा ७ सय २५ देखि ८ सयसम्म बिक्री भयो । बुधबार प्रिमा ग्यास लहानका डिलरले उही दरमा प्रसाशनकै उपस्थितिमा बिक्री गर्न भ्याए।

रिजाल्को ग्यासको मूल्य ७ सय २५ स्थानीय प्रसाशनले नै तोकिदिएको छ। लहानका डिलरको आग्रहमा प्रसाशनले यो दर कामय गरेको हो। इलाका प्रसाशन कार्यालय लहानका प्रमुख रन्जित अधिकारीले भने,' ७ सय २५ रुपैयाँमा ग्यास बिक्री गराउनु भनेर सिडिओ सावको आदेश मैले कार्यानवयन गराएको हुँ।'

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले भने,'डिलरको आग्रहमा निर्धारित मूल्यमा ढुवानी भाडा वापत २५ रुपैंया थप मात्र गरेको हुँ।' कोशी बाहेक ग्यास उद्योगले ढुवानी भाडा डिलरबाटै बेहोर्न लगाउने भएकाले ढुवानी भाडा थप गरिएको उनले बताए। कोशी बाहेकका ग्यास डिलरलाई ७ सय २५ सम्म बिक्री गर्न छुट भएको उनले बताए। कोशी बाहेकका उद्योगले डिलरबाटै ढुवानी भाडा भराउने प्रजिअ विकेको दावी प्रिमा ग्यास उद्योगको भनाइले गलत सावित भएको छ। प्रिमा ग्यास उद्योग इटहरीका अनुसार उद्योगबाटे डिलरलाई ग्यास पठाउँदा ढुवानी उद्योगले व्यहोर्छ । डिलरले ढुवानी भाडा तिर्नु पर्दैन्।

ग्यास बिक्रेता संघ लहानका अध्यक्ष सन्जय मुन्धडाका अनुसार स्थानीय प्रसाशनले कोशी ग्यासका डिलरलाई 'टारगेट' गरेर वितरण प्रक्रिया असहज बनाएको गुनासो गरेका छन्। लहानमा कोशी ग्यासको पाँच वटा डिलर छन्। 'हामीलाई सात सयमा ग्यास बिक्री गर्न लगाउने तर अन्य डिलरलाई मनपरी मूल्य असुल्न छाडिदिनु त भएन नी,' उनको गुनासो गरे। निगमको निर्धारित मूल्य सबै ग्यासको हकमा एउटै छ । डिलरले पाउने कमिसन पनि एकरुप छ । ढुवानी प्रणाली उस्तै छ । तर डिलरबाट उपभोतmाले ग्यास खरिद गर्ने मूल्य किन फरक ? मुन्धडाले प्रश्न गरे ।

प्रसाशनले नै ढुवानी भाडाको नाममा ग्यासको दर निर्धारण गर्छ भने सबै ग्यास डिलरलाई एकरुप ढंगबाट गर्नुपर्ने मुन्धडाको भनाइछ । 'कालोबजारी नियन्त्रण गर्ने निकायले नै कालोबजारीलाई संरक्षण गरिरहेको उपभोतmा मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ताले आरोप लगाए। स्थानीय प्रसाशनको मिलोमतोमै यहाँ उपभोग्य सामान, इन्धन र ग्यासको कालोबजारी फस्टाएको उनले जिकिर गरे।

प्रसाशनकै उपस्थितिमा डिलर उपभोतmासँग बढी मूल्य लिन्छ, हामी मुख खोले ग्यासै नपाउने डर लहानका एक उपभोतmा भन्छन्,' मिलोमतो नभए प्रसाशनकै अगाडि बढी मूल्य लिने कसैलाई हिम्मत हुन्न।' ग्यास वितरण गर्ने स्थानमा प्रसाशनको इमान्दार उपस्थित हुने हो भने कालोबजारी गर्ने हिम्मत डिलरले गर्दैन, ती उपभोतmाले भने । 

नेपालका २२ जिल्ला खोस्नुपर्छ भन्ने अभिब्यक्ति दिने कीर्ति आजादलाई भाजपाले निलम्बन गर्यो

नेपालका २२ जिल्ला खोस्नुपर्छ भन्ने अभिब्यक्ति दिने कीर्ति आजादलाई भाजपाले निलम्बन गर्यो


काठमाडौँ, ८ पुस– नेपालका २२ जिल्ला भारतले खोस्नुपर्छ भन्ने अभिब्यक्ति दिएका भारतीय जनता पार्टीका सांसद कीर्ति आज़ादलाई पार्टीले निलम्बन गरेको छ।

उनले केहि समय अघि नेपालले तराईका २२ जिल्ला भारतलाई फिर्ता गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। जसको नेपाल लगायत भारतमा पनि विरोध भएको थियो ।

तर उनलाई निलम्बन गर्नुको कारण भने त्यो होइन् । उनलाई केन्द्रीय अर्थमन्त्री अरुण जेटली विरुद्ध गलत शब्द प्रयोग गरी अभिव्यक्ति दिएको आरोप छ।
 
सांसाद आज़ादले आफ्नै पार्टीका नेता तथा अर्थमन्त्री जेट्ली दिल्ली क्रिकेट विकास बोर्डको अध्यक्ष हुँदा फर्जी कम्पनीलाई रकम भुक्तान गरी भ्रष्टाचार गरेको आरोप लगाएका थिए। भाजपा प्रवक्ता शाहनवाज हुसैनले आजादलाई निलम्बन ‍गरिएको पुष्टि गरेका हुन् ।

हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटियो

हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटियो
काठमाडौंमा चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासमा झडप हुँदा हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटिएको छ। किर्तिपुर वृतका डिएसपी टीकाबहादुर केसीले बोकेको हतियार स्थानीयले खोसेका थिए। पेस्तोलसँगै एक जनालाई पनि पक्राउ गरेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।   केसीले बोकेको चाइनिज मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको अवस्थामा थियो।
 ग्यास नपाएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले प्रतिकार गर्दा डिएसपीको पेस्तोल हराएको थियाे । प्रहरीले उक्त क्षेत्रमा ब्यापक निगरानी  गरेको थियो।
सो क्षेत्रमा प्रहरी परिचालन गरिनुका साथै चेकजाँच पछि एक व्यक्तिको साथबाट हराएको उक्त हतियार फेला परेको हो।

मलंगवामा आज पनि तनाव, ६ जना घाइते ३६ राउण्ड रबर बुलेट र ६ राउण्ड अश्रु ग्यास प्रहार



पुस ८, २०७२- मोर्चा नेता थुनाको बिरोधमा मलंगवामा भएको उग्र प्रदर्शनपछि बुधवार साँझ प्रहरीले रबर बुलेट र अश्रुग्यास प्रहार गर्दा ६ जना घाइते भएका छन् ।
अध्यारो भएपछि प्रहरी र प्रदर्शनकारी विच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीका तर्फवाट पेट्रोल बम हानेपछि अश्रु ग्यास र रबरको गोली चालाउनु परेको प्रहरीले जनाएको छ ।
रबर बुलेटवाट राम भजन, आभास मन्सुर घाइते भएका छन् । मलंगवा नगरपालिका-३ का अभिषेक मन्सुर प्रहरीको कुटाईवाट घाइते भएको मोर्चाले जनायो । उनलाई उपचारार्थ भारतको सितामढी पठाइएको छ ।
दिनभर दोहोरो झडप भइरहेपनि साँझ पेट्रोल बम हानेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको प्रहरी नायव उपरीक्षक रमेश खड्काले वताए । 'झण्डै सयवटा पेट्रोल बम प्रहरीमाथि प्रहार भयो,' उनले भने, 'भिड तितर वितर पार्न अश्रु ग्यास र रबर बुलेट हान्नु पर्‍यो ।'
प्रहरीले ३६ राउण्ड रबर बुलेट र ६ राउण्ड अश्रु ग्यास प्रहार भएको जनाएको छ । प्रदर्शनकारीले सिंचाई र खानेपानी कार्यालय नजिक आगजनी र तोडफोड सुरु गरेपछि लखेट्न प्रहरीले बल प्रयोग गरेको थियो ।
मलंगवामा तीन दिनदेखि दैनिक झडप भइरहेको छ । मोर्चा आबद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवलाई पक्राउ गरेको बिरोधमा प्रदर्शन उग्र भएको हो । उनलाई आइतवार राति मलंगवा स्थित रेडियोमा अन्तवार्ता दिन गएका बेला प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको आरोपमा उनलाई सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि प्रहरी हिरासतमा राखिएको छ । मंगलबारको झडपमा पनि एक दर्जन आन्दोलनकारी घाइते भएका थिए ।

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
८ पुस, साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् ।
साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रु्प कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ ।
पीडित नेपालीहरूले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा नेपाली कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन् ।
उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरिएपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गर्नुभयो । दूतावासमा सम्र्पक गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्, तर हप्ता दिन भन्दाभन्दै महिनौँ बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन–पीडित पौडेलले बताए ।
दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भएपनि टिकटको व्यवस्था बरु हामी आफैं गर्छौँ । पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीन जना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ ।
बन्दी जीवन बिताइरहेका नेपालीको पीडाको विषयमा राससले डेढ महिनाअघि समाचार प्रकाशन तथा प्रशारण गरेपछि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा स्वयं उक्त कम्पनीमा पुगेर एक महिनाभित्रै उद्धार गर्ने आश्वासन दिएको भएपनि हालसम्म उद्धार हुन नसकेको पीडितको गुनासो छ ।
बन्धक बनाएर राखिएका पीडित नेपालीले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् । आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने यहाँको नियम छ ।
काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले दुःखेसो गर्नुभयो । तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौँ, तामाङले भने, “जसरी भएपनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुपर्यो ।
यता कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहेको भएपनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताए ।
बन्धक बनाइएका नेपाली कामदारको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौँ, कार्यवाहक राजदूत शर्माले भने, नेपाली कामदारको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौँ । तर अब धेरै ढिलाई भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गरिने शर्माले बताए । रासस 

अवैधरुपमा भित्र्याइएको एक ट्र्याक्टर भारतीय ग्यास सिलिन्डर बरामद

अवैधरुपमा भित्र्याइएको एक ट्र्याक्टर भारतीय ग्यास सिलिन्डर बरामद
पर्सा, ८ पुस । मधेस केन्द्रित दलले गरेको नाका अवरुद्धले वैध व्यापारलाई समाप्त पार्दै अवैध व्यपारलाई बढावा दिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्दै आएको बन्द हड्ताल र नाकाबन्दीको कारण नेपालको लागि भारत तथा तेस्रो मुलुकबाट हुने आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको हो ।

बन्द हड्ताल र नाकाबन्दीको कारण इन्धन तथा दैनिक उपभोग्य वस्तु अभावको फाइदा उठाउँदै तस्करले पर्साका विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् ।

यसै क्रममा आज बिहान भारतबाट अवैधरुपमा भित्र्याइएको नम्बर नभएको ट्र्याक्टरसहित ५५ थान भारतीय ग्यासको सिलिन्डर प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा तस्करले ग्यास सिलिन्डर भित्र्याएको पूर्व सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा पर्साको महादेवपट्टी गाविस–१ जिराभवानी मन्दिर नजिकैबाट भारतीय ग्यास सिलिन्डरसहित ट्याङ्करलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक यादव घर्तीमगरले जानकारी दिनुभयो ।
उहाँले बरामद गरिएको ट्र्याक्टर र ग्यास सिलिन्डरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको बताउनुभयो ।

बन्द हड्तालको कारण हाल देखापरेको अवैध कारोवारलाई निरुत्साहित गर्न प्रहरी दिनरात लागिपरेको प्रवक्ता घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँले भारतबाट हुँने अवैध कारोवारलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा प्रहरीको गतिविधिलाई बढाइएको बताउनुभयो । रासस

नयाँ प्रजातिको धान सिफारिस हुने

नयाँ प्रजातिको धान सिफारिस हुने
   डुबान क्षेत्र र सामान्य धान खेतमा पनि राम्रो उत्पादन हुने देखेपछि सरकारले यसै वर्ष चेहरान सव १ नामक नयाँ प्रजातिको धानलाई सिफारिस गर्ने तयारी गरेको छ। 
 
तीन वर्षको अनुसन्धानबाट देशको पूर्वदेखि पश्चिम तराई क्षेत्रमा यस प्रजातिको धानको उत्पादन राम्रो देखिएपछि सिफारिस गर्न लागिएको इरी नेपाल कार्यालयका वरिष्ठ कृषि वैज्ञानिक डा भव त्रिपाठीले जानकारी दिए। 
 
अनुसन्धानबाट १ सय २५ दिनमै पाक्ने भएकाले धानपछि लगाइने अन्य बाली चक्रमा पनि यो प्रजातिको धान उपयोगी हुने डा त्रिपाठीले बताए। हालसम्म नेपालमा सिफारिस भएका ८७ प्रजातिका धानका बिउमध्ये झण्डै आधा अर्थात् ४० प्रजातिका धान इरीले नै विकसित गरेको छ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशनमा नेपाल र क्याम्बोडियामा लागू गरिएको साना किसानको धान उत्पादनमा क्षमता वृद्धि गर्ने कर्यक्रमअन्तर्गत खाद्यान्नको अभाव हुने पहाड र तराईका २० जिल्लामा सञ्चालन भएको छ। 
 
सन् २०१५ को सुरुदेखि लागू भएको यस कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ। 
 
कार्यालयले यस वर्ष कार्यक्रम लागू भएका २० जिल्ला तथा झापा र मोरङसमेतमा गरी २ सय ५२ टन सुख्खा १ देखि ६ प्रजाति र खुमल ४ र १० गरी आठ प्रजातिका धानका विबउ निःशुल्क वितरण गरेको जनाएको छ। रासस

काठमाडौंमा पछिल्लो दुई वर्षकै धेरै जाडो, तापक्रम शुन्यमा झर्‍यो

काठमाडौंमा पछिल्लो दुई वर्षकै धेरै जाडो, तापक्रम शुन्यमा झर्‍यो
८ पुस, काठमाडौं । बुधबार राजधानीको तापक्रम शुन्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार विहान ८ः४५ मा न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
यो पछिल्लो दुर्इ वर्षको न्यूनतम तापक्रम हो । मौसमविद् सुमीर श्रेष्ठका अनुसार गत वर्षको न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन भएको थियो ।
पछिल्लो दुई सातामा लगातार तापक्रम घटिरहेको छ । ‘राजधानीको तापक्रम दुई हप्ताअघि ६ डिग्री थियो । यो लगातार घटेर ०.९ मा आइपुगेकाले धेरै जाडो महसुस भएको हो’ श्रेष्ठले भने ।
मौसमविद् सुमीर श्रेष्ठका अनुसार दिउँसो बादलकाु टुक्राहरु नदेखिएकाले राति जमिन सेलाउन मदत गर्छ, जसले विहानको समयमा तापक्रम न्यूनमत हुन सहयोग गरेको छ । अर्को वायू प्रदुषणका कारण घामको किरण सिधा नआइपुग्ने भएकाले पनि धेरै जाडो महसुस हुने गरेको छ ।
महाशाखाका अनुसार काठमाडौंमा अहिलेसम्मकै न्यूनतम तापक्रम माइनस २ सम्म मापन भएको रेकर्ड छ ।
cold