सर्कोमा मग्न किशोरी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सर्कोमा मग्न किशोरी
चुरोटका हानिबारे नजान्ने को होला रु तैपनि, धुवाँको लतले गाँजेका मान्छेहरू असंख्य छन्। नेपाल पनि धूम्रपानमा अग्रणी देशमध्ये एक हो । हाल शहरमा खास गरी कलेज पढ्ने किशोरकिशोरीलाई निकोटिनले आफ्नो कब्जामा पारिरहेको छ । सर्कोमा मग्न हुने फेसन नै चलेको छ । यो मामिलामा किशोरीहरूको पनि डरलाग्दो उपस्थिति देखिँदै छ । उनीहरूले चुरोटलाई स्वतन्त्रताको प्रतीकसम्म मान्ने गरेका छन् । अब कलेजहरूले धूम्रपानविरुद्ध गतिलो अभियान सुरु गर्नुपर्ने बेला भइसकेको छ। अम्मर जिसीले चुरोटे किशोरीहरूको धुवाँ संसारबारे जान्न खोजेका
छन्।

पुसको ठिहिर्याउने चिसो । कुहिरो मडारिँदै गरेको झिसमिसे बिहानीलाई कडा चुनौती दिँदै कलेज ड्रेसको छोटो स्कर्ट पहिरिएर स्कुटर हाँक्दै आएकी छिन्, एक किशोरी । उनको स्कुटर रोकिन्छ, नयाँ बानेश्वरस्थित सडक छेउको चियापसलमा । स्कुटरबाट उनी भन्दा अगाडि 'डिमान्ड' ओर्लिहाल्छ, 'आन्टी चिचु (चिया र चुरोट) खाऊँ न ल !'

चियाको घुट्को र चुरोटको सर्को क्षणभरमै निखारिहालेकी उनले 'जाडोलाई पुगेन यतिले' भन्दै अर्को 'लट' माग्छिन् । भर्खरै चुरोट तान्न सिकेको बुझिन्थ्यो, खोकीसहितको उनको सर्कोबाट । 'यो चिसोमा चिचु नभए के हुन्थ्यो होला रु' उनी चिया र चुरोटप्रति आभार व्यक्त गर्छिन्, 'जाडोमा यसको मज्जै बेग्लै हुने भन्या ।' चुरोट गन्हाउने डरले झोलाबाट 'स्प्रे' झिकेर छर्किन्छिन् । ओठमा लपक्क लाली पोत्दै 'एक्सिलेटर' बटार्छिन् र बाटो लाग्छिन् ।

चियापसले कमला खाम दंग पर्छिन्, 'अचेलका केटी के भएका हुन् रु माटोमाथि आउन पा'छैन, धक नमानी तनतनी चुरोट तान्छन् । हामी त बूढी हुँदासम्म लुकीलुकी खान्थ्यौँ ।' अचेल चुरोट पिउने भर्खरका केटीको संख्या बढेको छ भन्छिन् उनी । 'जाडोमा चुरोटे केटीहरू झन् धेरै आउँछन्,' उनको अनुभव छ, 'बिहान अँध्यारोमै जाडो छल्न भनेर धेरै केटीले चुरोट तान्छन् । केटाहरूको त झन् कुरै गर्न परेन ।' ४५ वर्षको उमेरसम्म आफू पनि चुरोटको अम्मली रहेको बताउने उनी स्तन क्यान्सरका कारण चुरोट छोड्न बाध्य भएको सुनाउँछिन् ।

कलेज पुस्ता चुरोटको अम्मली छ । कलेज छेउछाउका चोकगल्लीमा खोलिएका चियापसलहरू बिहान विद्यार्थीले भरिएका हुन्छन् । पुतलीसडकस्थित एक क्याफेमा भेटिएकी सन्तोषी आफूलाई माहोलले चुरोटको अम्मली बनाएको बताउँदै थिइन् । 'मैले आफैँले चाहेरभन्दा पनि कलेजको ग्रुपमा एड्जस्ट हुन सिकेकी हुँ,' उनी भन्छिन्, 'अचेल जसका हातमा पनि चुरोटै हुन्छ । चुरोट नपिए एलियन बन्नुपर्छ । साथीहरूले बालै दिन्नन् ।' उनलाई सार्वजनिक ठाउँमा चुरोट पिउन भने सरम लाग्दो रहेछ ।

धेरै किशोरी लुकेर तान्छन्

खुलेर चुरोट तान्ने किशोरीको संख्या बढ्दो छ शहरमा । यद्यपि, खुलेर चुरोट तान्नेहरूको तुलनामा लुकाएर चुरोट तान्ने किशोरीहरूको संख्या कैयौँ गुणा बढी छ भन्छन्, निजी कलेजमा प्राध्यापन गर्ने भूपाल योगी । 'धेरैजसो केटीहरू कलेजबाहिरका चियापसल र क्याफेहरूमा बसेर चुरोट र हुक्का तान्छन्,' उनी भन्छन्, 'कसैलाई 'म पनि खतरा छु' भनेर देखाउनु छ भने मात्र उनीहरू अरूलाई देखाएर चुरोट पिउँछन् ।' समाज, परिवार र स्कुलकलेजको माहोल नै धूम्रपान गर्नुलाई सामान्य ठान्ने खालको देख्छन् उनी । 'हामीले कलेजमा टाइट गरेर मात्र कसरी रोकिन्छ रु' उनी भन्छन्, 'मनैदेखि धूम्रपानलाई गलत ठान्ने भाव नआएसम्म केही हुँदैन ।' निजी कलेजहरूमा धूम्रपान गर्ने विद्यार्थी धेरै हुन्छन् । यसविरुद्ध कलेजहरूले 'नो स्मोकिङ जोन' घोषणा गर्नेबाहेक केही गर्न सकेका छैनन् ।

प्रदर्शनीमार्गस्थित लुम्बिनी क्याफेका सञ्चालकको अनुभवमा लुकेर चुरोट पिउन खोज्ने युवती धेरै हुन्छन् । 'अम्मली किशोरी बढेका छन् भन्नेमा दुई मत छैन,' उनले भने, 'तर, हाम्रोजस्तो खुला पसलमा कमैले चुरोट तान्ने आँट गर्छन् । बिस्तारै खुल्दै पनि गएका हुन् कि भन्ने देखिन्छ ।'

निरीह शिक्षक र कलेज प्रशासन

किंग्स कलेजका प्रिन्सिपल नरोत्तम अर्याल विद्यार्थीहरूको चुरोटप्रतिको आकर्षण डरलाग्दो देख्छन् । 'कलेजभित्र कसैले चुरोट खान नपाए पनि बाहिर भने केही विद्यार्थी सरहरूलाई देखाएरै तान्छन्,' उनी भन्छन्, 'यस्ता दृश्यले आफैँ लज्जित हुनुपर्ने स्थिति आउँछ ।' अब कलेजहरू धूम्रपानविरुद्ध योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता देख्छन् उनी । किशोरीहरूको 'चुरोट मोह'प्रति उनी पनि जानकार छन् । 'चुरोट पिउनुलाई आधुनिकता सम्झने प्रवृत्ति मौलाएको ,' उनी भन्छन्, 'चुरोट पिएपछि शक्तिशाली, पैसावाल, आधुनिक, ट्रेन्डी यस्तै केके भइन्छ भन्ने सोच उनीहरूमा देखिन्छ ।' विद्यार्थीका रोल मोडल वा गुरुहरू वा अभिभावक नै खुलमखुल्ला चुरोट तान्ने बानीले उनीहरूको मानसिकता चुरोटप्रति सकारात्मक हुने गरेको उनी बताउँछन् । किशोरीहरूले धूम्रपानलाई स्वच्छन्दताको प्रतीक बुझ्ने गरेको उनको भनाइ छ ।

के एन्ड के कलेजका भाइसप्रिन्सिपल विमल खड्का पनि लज्जित हुनुपर्ने अवस्थाको साक्षी बनेका छन् । 'माथिल्लो लेभलमा गएपछि चुरोट तान्नु सामान्य हो भन्ने सोच्छन् विद्यार्थीहरू,' उनी भन्छन्, '१११२ का लुकाएर तान्छन् । त्यसमाथिका त 'सर मैले लिएँ है'सम्म भन्न सक्छन् ।' निजी कलेजहरूमा धूम्रपान विरुद्धकै नैतिक कक्षा आवश्यक भएको उनले ठानेका छन् ।

निजी र सरकारी दुवै कलेजमा अध्यापन गर्ने समाजशास्त्री डा। मिना उप्रेतीको अनुभवमा निजी स्कुलकै किशोरीहरू धेरै चुरोट पिउने हुन्छन् । 'निजी कलेजमा पढ्नेहरू धेरैजसोले फ्री हुन खोज्छन्,' उनले भनिन्, 'फ्री हुनु भनेको मनले चाहेको गर्नु हो भन्छन् उनीहरू ।' समाजले जे सिकायो त्यही सिक्ने हुन्, किशोरकिशोरीले भन्छिन् उनी । 'भोलिका बारे सोच्ने भइनसकेको यो उमेरमा उनीहरू आफूले गर्ने हरेक काम सही हुन्छ भन्ने ठान्छन्,' उनी भन्छिन्, 'अभिभावक, गुरु वा आफ्नो आदर्श व्यक्तिले गर्ने काम देखेर उनीहरूले सिक्ने हुन् । अहिलेका फिल्म र विज्ञापनले पनि धेरै प्रभाव पारेका छन् । चुरोटबिनाको फिल्म बन्छ भन्ने कल्पना किन हुँदैन रु मलाई अचम्म लाग्छ ।'

चुरोट पिउनेको प्रजनन स्वास्थ्यमा ज्यादा समस्या

चुरोट पिउने महिला होस् वा पुरुष, दुवैको स्वास्थ्यमा गम्भीर समस्या आउँछ नै । चुरोटले प्रजनन स्वास्थ्यमा सीधै असर पार्ने विभिन्न अध्ययनले जनाइसकेका छन् । चिकित्सकहरूका अनुसार किशोरीको चुरोट लतले प्रजननसम्बन्धी समस्या ज्यादा हुन्छ । 'किशोरी भोलि आमा बन्नुपर्छ,' वीर अस्पतालका फिजिसियन डा। कमलराज थापा भन्छन्, 'त्यसैले पनि उसको स्वास्थ्य संवेदनशील हुन्छ नै । यस्तो संवेदनशील स्वास्थ्य हुने यिनै किशोरी चुरोटको लतमा लागे भोलि जन्मने बच्चा कस्तो हुन्छ रु' उनको बुझाइमा पनि एक दशकअघि गाउँका महिला धेरै चुरोट पिउने गरेकोमा अहिले आधुनिकताको प्रभावले शहरमा चुरोटे महिला एकदमै बढेका छन् ।

चिकित्सकहरूका अनुसार नेपाली महिला पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा पीडित छन् । यसमा प्रमुख कारण बन्छ, धूम्रपान । किशोरावस्थाबाटै चुरोट तान्न थालेका महिलामा बाँझोपन धेरै आउने गरेको उनीहरू बताउँछन् । त्रिवि शिक्षण अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा। अर्चना अमात्य चुरोटले महिलाको प्रजनन अंगकै विकासमा प्रत्यक्ष असर पार्ने बताउँछिन् । 'गर्भ तुहिने वा समयअगावै बच्चा जन्मने हुन्छ,' उनले भनिन्, 'धूम्रपान सबैका लागि खतरा हो । यति हुँदाहुँदै किशोरीमा यो लत बढ्नु त्योभन्दा डरलाग्दो अवस्था हो ।'

चिकित्सकका अनुसार चुरोट पिउनु भनेको दीर्घरोग र मृत्युलाई स्वागत गर्नु हो । युवतीहरूको पाठेघरको क्यान्सरमा ७५ प्रतिशत जिम्मेवार बन्छ धूम्रपान । मुख, घाँटी, फोक्सो, मुटु, मूत्राशय, मिर्गौला, पेटको क्यान्सर पनि हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार महिलाले धेरै देशमा उछिनिसके । बढ्ने क्रम महिलाको बढी छ । महिलालाई लक्ष्य गरेर विज्ञापन बनाइरहेका छन्, चुरोट कम्पनीहरूले पनि । फेसन, मनोरञ्जन वा अन्य विभिन्न कारणले शहरी युवतीमा चुरोट संस्कृति मौलाएको देखिन्छ ।

संगतले सिकाउँछ चुरोट

शुक्रवारकर्मीले भेटेका चुरोटका अम्मली किशोरीहरूले आफू संगतको फलस्वरूप चुरोटको लतमा फसेको बताएका छन् । 'मेरा साथीहरू त स्टिक ९चुरोट० तान्दा खोक्नेलाई पाखे भनेर उडाउँछन्,' निजी कलेजमा १२ कक्षा पढ्ने कर्मा भन्छिन्, 'अझ जी ९गाँजा० भरेर खाने हाईहाई हुन्छ ।' केटाहरूसामु 'हामी पनि कम छैनौँ' भनेर देखाउन पनि उनको ग्रुपमा चुरोट सिक्नुपर्छ ।

चुरोट पिउनुलाई चानचुने ठान्छन्, शहरका किशोरीहरू । 'यस्ता झिनामसिना विषयमा हामीसँग कुरा गर्ने फुर्सद छैन,' अनामनगर चोकमा आइतवार बिहान झुरुप्प भएर आगो ताप्दै चुरोट तन्काइरहेका किशोरीहरूमध्ये एकले भनिन्, 'कति केटीहरू 'माले' भइसके । त्यो मतलब छैन । चुरोट ठूलो देख्नुहुन्छ १' उनीहरूमध्ये एकजनाले चुरोट चकलेट भइक्यो भन्दै चकलेट खान पाउने हरेक नेपालीको अधिकार भएको जवाफ दिइन् । 'अहिले चुरोट चकलेट भइसकेको तपाईंहरूलाई थाहा छैन रु' उनले भनिन् ।

कलेज पुस्ताको 'चुरोटे भाषा'

कलेज पढ्ने धेरैले चुरोटलाई 'सिक्का' भनेर चिन्छन् । उनीहरू चुरोट पिउनुलाई 'सिक्का हान्नु' भन्छन् । कान्छी औँलो देखाएर पिसाब होइन, चुरोट बुझ्छन् । 'सु हान्न जाऔँ न चुसे ब्रो भन्यो भने चुरोट पिउन ट्वाइलेट जाऔँ भनेको बुझ्छौँ हामी,' बीबीए प्रथम सेमेस्टर अध्ययनरत सुशान्त भन्छन्, 'सरहरूले हाम्रो भाषा नबुझ्ने भएकाले पनिसमेन्टबाट बचिन्छ ।' उनका अनुसार गाँजा खानुलाई 'तोप हान्ने' वा 'पट हान्ने' भन्छन् उनीहरू । सर्कोलाई 'पप' भन्छन् 'जिग्रीकै ह्यान्ड पप हानौँ न' भन्दै उनीहरू एकले अर्कालाई चुरोट पिलाइदिन्छन् । चुरोटबाट गाँजा हुँदै कडा खाले लागुपदार्थमा उक्लनेलाई 'मालेमा बढुवा' भन्छन् ।

विभिन्न भ्रम पालेर चुरोटसँग नजिकिन्छन् किशोरकिशोरी । बिस्तारै चुरोटसँग अटुट नाता गाँसिन्छ उनीहरूको । 'जाडो याममा जाडो खान्छ भन्दै चुरोट पिउने उनीहरू गर्मीमा 'फलामले फलाम काट्छ' भन्दै अम्मली बन्छन्,' सुशान्तले भने ।

मिन्टको फ्लेभरमा पाइने चुरोटलाई उनीहरू रुघाखोकी सञ्चो गर्छ भनेर तान्छन् । 'बिहान मेन्थल ९लाइट चुरोट० नपाए मेन्टल भइन्छ,' हातमा सेतो कलरको चुरोट च्यापेका विद्यार्थी प्रवेश भन्छन्, 'यो चुरोटले घाँटी सफा गर्छ । साइड इफेक्ट त जेको पनि हुन्छ । औषधिको साइड इफेक्ट नहुने हो र रु'

एक सरकारी तथ्यांकका अनुसार नेपालमा धूम्रपानका कारण दैनिक ६७ जना व्यक्तिले ज्यान गुमाउँछन् । ७० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । चिकित्सकका अनुसार धूम्रपान नगर्ने महिलाको भन्दा धूम्रपान गर्ने महिलाको मासिकचक्र बढी गडबड हुन्छ । महिलाको जीवरस निर्माण गर्ने ग्रन्थीहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपना भई आमा बन्ने सपना चकनाचुर पार्छ । गर्भवती महिलाका लागि धूम्रपानले विषको भन्दा बढी काम गर्छ । गर्भावस्थामा धूम्रपान गर्नाले शिशुमा मस्तिष्क ज्वरोलगायत ५० थरीका रोग लाग्ने सम्भावना हुन्छ । महिलाको सुन्दरतामा पनि प्रत्यक्ष असर गर्छ धूम्रपानले ।

केही अघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अधिकांशले स्कुले जीवनमै धूम्रपान सिक्ने गरेको देखियो । नेपालका ३१ जिल्लाका ५० विद्यालयका किशोरकिशोरीमा गरिएको सर्वेक्षणले स्कुल जीवनमै धूम्रपान गर्ने प्रवृत्ति धेरै रहेको देखाएको हो । १९ वर्षकै हुँदासम्म २० दशमलव ४ प्रतिशत युवा धूम्रपानको लतमा फसिसकेका हुन्छन् ।



चुरोटका हानिबारे नजान्ने को होला रु तैपनि, धुवाँको लतले गाँजेका मान्छेहरू असंख्य छन्। नेपाल पनि धूम्रपानमा अग्रणी देशमध्ये एक हो । हाल शहरमा खास गरी कलेज पढ्ने किशोर–किशोरीलाई निकोटिनले आफ्नो कब्जामा पारिरहेको छ । सर्कोमा मग्न हुने फेसन नै चलेको छ । यो मामिलामा किशोरीहरूको पनि डरलाग्दो उपस्थिति देखिँदै छ । उनीहरूले चुरोटलाई स्वतन्त्रताको प्रतीकसम्म मान्ने गरेका छन् । अब कलेजहरूले धूम्रपानविरुद्ध गतिलो अभियान सुरु गर्नुपर्ने बेला भइसकेको छ। अम्मर जिसीले चुरोटे किशोरीहरूको धुवाँ संसारबारे जान्न खोजेका छन्। - See more at: http://nagariknews.com/friday/story/52266.html#sthash.oIMIh5b2.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment