जासुसीको आरोपमा गिद्ध पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

vulture, getty, nocredit
काठमाडौं । इजरायलले जासुसी गर्नका लागि छाडेको शंकामा लेवनानमा पक्राउ परेको एउटा गिद्ध अन्ततः रिहा भएको छ । झण्डै दुइ मिटर लामो प्वाँखवाला उक्त गिद्ध इजरायली सिमाक्षेत्रबाट उड्दै लेवनानमा छिरेको थियो । उक्त गिद्धको पुच्छरमा एउटा ट्रयाकिंग उपकरण जडान गरिएको थियो । सोही मेसिन देखेपछि त्यो जासुसी गिद्ध रहेको आशंकामा लेवनानको ग्रामीण क्षेत्रका मानिसहरुले त्यसलाई समातेका थिए ।
तर वास्तवमा मध्यपूर्वमा गिद्धको संरक्षणका लागि चलिरहेको एक परियोजनाका क्रममा उक्त गिद्धमा उक्त जिपिएस उपकरण जडान गरिएको रहेछ । वन्यजन्तु अधिकारीहरुका अनुसार गत वर्ष स्पेनबाट खरीद गरिएको उक्त गिद्धलाई एक महिना पहिले मात्र इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्स स्थित गामला प्राकृतिक पार्कमा छाडिएको थियो ।
israeli vulture, afp, nocredit
यो मेसिनका आधारमा तेल अबिब विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त गिद्ध कहाँ पुगेको छ र के गरेको छ भन्ने बारेमा अनुगमन गर्ने गर्थे । उक्त गिद्धको खुट्टामा टाँसिएको एक छल्लामा तेल अबिब विश्वविद्यालय लेखिएको थियो ।
सोसल मिडियामा यो गिद्धको तस्वीर सार्वजनिक भएपछि वन्यजन्तु अधिकारीहरुले उक्त गिद्धलाई पहिचान गरेका थिए । उक्त गिद्ध जासुसी गिद्ध नभएको प्रमाणित भएपछि त्यसलाई छाडिएको लेबनानी अधिकारीहरुले जनाएका छन् । गिद्धलाई पक्रिने क्रममा उसको जिउमा चोटसमेत लागेको र त्यसको उपचार चलिरहेको बताइएको छ । स्मरण रहोस् यसअघि इजरायलले छाडेको यस्तै गिद्धलाई साउदी अरबले समेत जासुस भनदै पक्रेको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment