स्वर्गीय सुशील कोइरालालाई बालुवामा श्रद्धान्जली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ २६, २०७२- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिले शोक व्यक्त गरिरहेका छन् । यस्तैमा, एकजना भारतीय कलाकारले भने अलि भिन्न ढंगले कोइरालाप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्, वालुवामा उनको मुर्ति बनाएर ।

भारत उडिसाका प्रसिद्ध कलाकार सुदर्शन पटनायकले बालुवामा कोइरालाको प्रतिमा बनाएर त्यसको फोटो ट्विटरमा पोस्ट गरेका छन् । उनले पोस्ट कोइरालाप्रति आफूले यही मुर्ति मार्फत् श्रद्धाञ्जली व्यक्त गरेको पनि लेखेका छन् ।

पटनायक भारतका ख्याती कमाएका कलाकार हुन् । भारत सरकारका तर्फबाट पद्मश्री अवार्ड पाइसकेका उनले यसअघि मदर टेरेसा लगायतका हस्तीको निधनमा बालुवामा मुर्ति बनाएका थिए । केही अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उडिसा भ्रमणमा जाँदा उनले मोदीको स्वागतमा पनि बालुवामा उनको आकृति बनाएका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment