नाकाबन्दीले असर पारेन ९ सामग्रीलाई

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

  • आयात निर्यात साढे २ सय प्रतिशतसम्म वृद्धि
  • माघ १५, २०७२- तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बाबजुत चालू आर्थिक वर्षको पाँच महिनामा ९ सामग्रीको आयात निर्यात दुवैमा वृद्धि भएको छ ।
    राष्ट्र बैंक तथ्यांकअनुसार नेपालबाट अलैंची, दालचिनी, फलफूल, अदुवा, जुटको बोरा, पशुपक्षी, केकको तेल, रेसावाला धागो र तरकारी चालू आर्थिक वर्ष निर्यात बढेको हो । त्यस्तै भारतबाट जस्तापाता रोलिङ, कच्चा पदार्थ, फलफूल, पशुपक्षी, रड, तार, चामल, स्टिलपाता, चिनी र तरकारी आयातमा गत वर्षको पाँच महिनाको अवधिमा वृद्धि भएको देखिन्छ । आयात–निर्यात वृद्धि एक प्रतिशतदेखि साढे दुई सय प्रतिशतसम्म छ । अन्य ४० प्रमुख सामग्रीको आयात–निर्यात भने गत वर्षको तुलनामा गिरावट रहेको तथ्यांकले देखाउँछ । 

    निर्याततर्फ सबैभन्दा बढी जुट बोरामा २ सय ४५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पाँचमहिने अवधिमा ४६ लाख रुपैयाँको जुटका बोरा निर्यात भएकोमा यो वर्ष १ करोड ५८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । आयाततर्फ भने सबैभन्दा बढी स्टिल पातामा वृद्धि भएको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार यो शीर्षकमा गत वर्ष भातबाट ७५ लाख रुपैयाँको आयात भएको थियो भने यो वर्ष १ करोड ७९ लाख रुपैयाँको आयात भएको हो । जुन १ सय ३९ प्रतिशतले बढी हो । मंसिर मसान्तसम्म भारततर्फबाट कुल आयात १ खर्ब २१ अर्ब ६६ करोड ३४ लाख रुपैयाँको भएको छ । गत वर्ष सोही अवधिमा २ खर्ब २१ करोड ४० लाख रुपैयाँको आयात भएको थियो । 

    उक्त तथ्यांकअनुसार भारततर्फको कुल अयातमा अघिल्लो वर्षको तुलनामा ३९ दशमलव २ प्रतिशतले गिरावट आएको देखिन्छ । त्यस्तै, निर्याततर्फ पनि कुलमा भने गिरावट नै आएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको पाँच महिनामा २२ अर्ब ८० करोड ४३ लाख रुपैयाँ आयात भएकोमा यो वर्ष भने १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँको मात्रै निर्यात भएको देखिन्छ । जुन ३९ दशमलव २ प्रतिशतले नै गिरावट आएको हो । प्रतिशतको आधारमा आयात निर्यातमा दुवैतर्फ बराबरी गिरावट आएको देखिन्छ ।
     
    केही सामग्रीमा आयात–निर्यात वृद्धि हुनको कारण भने वीरगन्जबाहेकका नाकाको प्रभाव रहेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी आयात वीरगन्ज नाकाबाट हुने हो । ‘वीरगन्जबाहेक नाकाबाट आउने/जाने सामानहरूमा यस्तो वृद्धि भएको हो । तर मुख्य र धेरै सामान वीरगन्जबाट नै आउने भएकाले अधिकांश सामग्रीमा गिरावट आएको देखिन्छ,’ ती अधिकारीले भने, ‘निर्याततर्फ अलैंची, अदुवा पूर्वी नाका र नेपालगन्जबाट निर्यात भएको हो ।
    जुन नाका नाकाबन्दी र आन्दोलनको समयमा पनि सुचारु थिए ।’ जस्तापाता आयातमा वृद्धि हुनुको कारण अघिल्लो वर्ष भन्सार छुट थिए । भूकम्प गएपछि सरकारले जस्तापाता आयातमा १५ प्रतिशतले छुट दिएको थियो । ‘छुट र माग वृद्धिका कारण यो वर्ष अलि बढी आयात भयो । प्रतिशतमा वृद्धि देखियो,’ उनले भने, ‘आयात निर्यातमा वृद्धि भएका सामानहरू अरू समयमा समेत वीरगन्जबाहेकका नाकाबाट कारोबार हुने गरेको थियो ।’

    नयाँ संविधानमा सिमांकन लगायत विषयलाई लिएर मधेसी मोर्चाले आर्थिक वर्षको सुरुदेखि नै आन्दोलन गरेको थियो । मोर्चाले भारततर्फका भन्सार नाकाहरू अवरोध गरी आन्दोलन गरेको थियो । त्यस्तै भारतले पनि असोज ७ बाट अघोषित नाकाबन्दी लगाएको थियो । गत महिनाको सुरुआतबाट भारतले अघोषित नाकाबन्दी भने खुकुलो पारेको छ । तर आयात/निर्यातको प्रमुख नाका वीरगन्ज भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
    मोर्चाका कार्यकर्ताले नाकामा अवरोध जारी राखेकाले पूर्णरूपमा सञ्चालनमा आउन नसकेको हो । वीरगन्जबाहेकका अधिकांश नाकाबाट हिजोआज आयात–निर्यात सहज हुँदै गएको छ । असोजदेखि मंसिर तीन महिनाको अवधि भने नाकाबन्दीका कारण निकै न्यून मात्रामा सामान आयात–निर्यात भएका थिए । मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीका कारण दुवै देशको आयात–निर्यात व्यापारमा गिरावट आएको देखिन्छ ।



भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment