नयाँ वर्षभित्रै स्थानीय चुनावको घोषणा हुन्छ: मन्त्री थापा -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१७ माघ, काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले आगामी बैशाखसम्म स्थानीय निकायको निर्वाचन घोषणा हुने बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले निर्वाचनको तयारी सुरु भइसकेकाले सक्दो छिटो मिति तोक्ने बताए । ‘हामी गृहकार्य गरिरहेका छौं । नयाँ वर्षको प्रारम्भसँगै स्थानीय निकायको चुनाव सुरु हुन्छ भन्न्ने अपेक्षा छ’ थापाले भने ।
निर्वाचनको तयारीका लागि कानुनी आधारहरु तयार गर्न मन्त्रालय लागेको उनको भनाइ छ । ‘निर्वाचन गर्ने वातावरण बनाउनका लागि स्थानीय स्वायत्त शासन ऐनको सशोधन तत्काल गर्न संसदको विकास समितिमार्फत संसदको ध्यानाकर्षण गराएको छौं’ स्थानीय विकासमन्त्री थापाले भने-‘स्थानीय निर्वाचन कार्यबिधि ऐन पनि पुनरावलोकन गर्ने तयारी पनि भएको छ ।’
उनले स्थानीय निर्वाचनको लागि सबै सत्तारुढ दल तयार रहेको पनि दावी पनि गरे । ‘निर्वाचनका लागि राजनीतिक सहमति आवश्यक छ । सबै सत्तारुढ दल त्यसमा तयार छन् । प्रतिपक्षी दलसँग पनि यसबारे छलफल गरेर मिति घोषणा गर्न तयारी गरिरहेका छौं’ थापाले भने ।
स्थानीय निकायको साविकको संरचनामा केही हेरफेरको तयारी भइरहेको भन्दै स्थानीय विकास मन्त्री थापाले सुझाव संकलको काम चलिरहेको बताए । ‘नयाँ संविधान अनुसार अहिलेको स्थानीय निकायको संरचनामा ब्यापक हेरफेर हुन्छ । गाविसहरु गाउँपालिकाका रुपमा परिणत हुन्छन् । तर, अर्को निर्वाचन नभएसम्मका लागि रहने स्थानीय निकायको संरचनामा केही हेरफेर र थपघट गर्न खोजिएको हो’ थापाले प्रष्ट्याए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment