सलमान सबै भन्दा धेरै ट्याक्स तिर्ने कलाकार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Bajrangi-Bhaijaan-Salman-Khan-1
मुम्बई । बलिउड अभिनेता सलमान खान सबै भन्दा धेरै एडभान्स ट्याक्स तिर्ने कलाकारका रुपमा चिनिएका छन् । इनकम ट्याक्स डिपार्टमेन्टका अनुसार सलमानले यो वर्ष २० करोड एडभान्स ट्याक्स तिरेका छन् । यस्तै अक्षय कुमारले १६ करोड बुझाएका छन् ।
पछिल्लो क्वाटर रिपोर्ट (जनावरिदेखि मार्च)सम्मको डाटा अनुसार धेरै ट्याक्स तिर्नेमा रणबीर कपुर, शाहरुख खान, अमिताभ बच्चनको नाम आएको छ । धेरै ट्याक्स तिर्ने कलाकारहरु यस्ता छन् ।
सलमान खान २० करोड
सलमानको फिल्म बजरंगी भाईजानले विश्वभरवाट ६०० करोड कमाई गरेको छ । अर्को फिल्म प्रेम रतन धन पायोले २०० करोड कमाई गरेको थियो ।
अक्षय कुमार १६ करोड
सन २०१५ मा अक्षय कुमारको बेबी, ब्रदर्स, गब्बर इज बैक र सिंह इज ब्लिंग रिलिज भएको थियो । यी चार फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गरका थिए । अहिले प्रदर्शन भइरहेको एअरलिफ्टले पनि राम्रो ब्यापार गरिरहेको छ ।
रणवीर कपुर १५ करोड
रणवीरको फिल्म तमाशा र बम्बे ब्यालेटले बक्स अफिसमा खास प्रभाव पार्न सकेन । तर, पनि उनले १५ करोड इनकम ट्याक्स तिरेका छन् ।
शाहरुख खान १४ करोड
सबै भन्दा धेरै ट्याक्स तिर्ने कलाकारको सूचीमा शाहरुख चौथो स्थानमा परे । उनको यो वर्ष एउटा मात्रै फिल्म दिलवाले प्रदर्शनमा आएको थियो ।
अमिताभ बच्चन ८.७५ करोड

यो वर्ष अमिताभ बच्चनले ८.७५ करोड इनकम ट्याक्स बुझाएका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment