बाँदरको शोकमा पुरै गाउँले गरे कपाल मुण्डन, स्कुल पनि बिदा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


बाँदरको शोकमा पुरै गाउँले गरे कपाल मुण्डन, स्कुल पनि बिदा

धार्मिक अन्धविश्वासको ज्वलन्त नमूना हो यो ।  भारतको मध्यप्रदेशस्थित डकाच्या गाउँमा  एउटा बाँदरको निधन भएको शोकमा गाउँका पुरै २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् । त्यस्तै बाँदर मरेको शोकमा ७ सय जना स्थानियवासीले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।
सम्पूर्ण गाउँलेहरुले धार्मिक आस्थाका आधारमा गाउँको हनुमान मन्दिरमा पुजा गर्दै आएका थिए । त्यही मन्दिरमा लामो समयदेखि रहँदै आएको बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खरेर उक्त बाँदर मरेको थियो ।
बाँदरको मृत्युपछि गाउँलेहरुले बाँदरको शवलाई पोखरीबाट निकालेर हिन्दु धार्मिक विधि अनुसार दाहसंस्कार गरेका छन् । उक्त बाँदरको मृत्युपछि गाउँमा अनिष्ट वा प्रलय हुने डरले उनीहरुले त्यसो गरेका हुन् । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।
बाँदरको ११ औँ पुण्यतिथीका दिन स्कुल बन्द गरेर चार गाउँसम्मका हजारौँ मानिसहरुको सहभागिता थियो । कार्यक्रममा करिव डेढ लाख भारतीय रुपैयाँ खर्च गरिएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment