भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

१६ माघ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमा नाकामा जारी धर्नाबारे मधेसी मोर्चामा समिक्षा हुने बताएका छन् ।
२० गतेभित्र मोर्चाको बैठक बस्ने र अहिलेसम्मको सम्पूर्ण कार्यक्रमको समिक्षा गर्ने उनले बताए । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा ठाकुरले भने-नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल हुन्छ, अनिमात्रै के हुन्छ भन्ने हुन्छ ।’
आफूहरुको माग संविधान संशोधनले आंशिक रुपमा मात्रै सम्बोधन भएकोल भन्दै उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । आन्दोलन वर्षौं जान सक्छ, राजतन्त्रको विरोधमा हामी चार वर्ष सडकमै थियौं । कहिलेसम्म हुन्छ राज्यमा भरपर्छ’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा रहेकोले नाका छाड्न भारतको दबाव पर्ला नि त ? भन्ने जिज्ञासामा ठाकुरले भने-‘जनताले आन्दोलन नरोक्न दबाव दिएका छन् ।’
वार्तालाई आफूहरुले कहिल्यै अस्विकार नगरेको स्पष्ट पार्दै मधेसी मोर्चाका नेता ठाकुरले भने-‘अहिलेसम्म २६ चोटी वार्ता भयो तर परिणाम आएन । संविधान संशोधनमा पनि हामीलाई समेटेनन् । यसरी आफू खुसी गर्दै जाने भए बार्ताको के औचित्य ?’
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति प्रति लक्षित गर्दै ठाकुरले प्रधानमन्त्री आफैं धामी झाकी भएको बताए । आफूलाई लागेको भूत पनि उहाँ आफैले झार्ने गरेको उनले टिप्पणी गरे ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment