म्यानमारमा सैनिक शासन अन्त्य, संसदमै भयो नाचगान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Myanmar-ends-onepartyrule
१६ माघ, काठमाडौं । म्यानमारमा सैनिक शासन अन्त्य भएको छ । यससँगै त्यहाँको संसद भंग भएको छ ।  सैन्य शासन अन्त्य भएसँगै राजधानीमा खुसीयाली छाएको छ र त्यहाँ सांगितिक कार्यक्रम भइरहेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार संसदमा बनाइएको स्टेजमा सांसदहरु नै नाचगान गरेका छन् । निवर्तमान सभामुख शे मानले गीत गाए र उपस्थितहरुलाई आफूलाई साथ दिन आग्रह गरे ।
गत नोभेम्बरमा भएको ऐतिहासिक आम चुनावपछि यो कदम उठाइएको हो । यो चुनावमा आङ सान सुची नेतृत्वको मुख्य विपक्षी दल नेशनल लिग फर डेमोक्रेसीले धेरै सिट जितेको थियो ।
यसअघि म्यानमारको संसदमा सैन्य पृष्ठभूमि भएका मानिसहरुको दबदबा हुन्थ्यो । सोमबारबाट संसदमा एनएलडीको नियन्त्रण हुनेछ । तर, संसदको एक चौथाइ सिट र महत्वपूर्ण मन्त्रालय सेनाको कब्जामा रहनेछ ।
संसदले छिट्टै राष्ट्रपतिको चुनाव हुनेछ । किनकी वर्तमान राष्ट्रपति थेन सेन मार्चमा आफ्नो पदबाट हट्नेछन् ।
सूची सैनिक शासनका क्रममा १५ वर्ष नजरबन्दमा बसिन् । उनी चुनाव भने लड्न सक्दिनन् । सूची र सेनाका बीचमा कुनै सहमति हुने र उनलाई राष्ट्रपति बन्न दिने अनुमान समेत गरिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment