२८ वर्षपछि बच्चा जन्मिएसँगै सहरमा खुसियाली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

itlay ostana wikimediafranceofranceo56
काठमाडौं । पूरै सहरमा सन् १९८० पछि एकजना पनि बच्चा नजन्मिँदा कस्तो सन्नाटा छायो होला ? साँच्ची त्यो सहरमा मानिसकै अस्तित्व संकटमा पर्ने डर समेत पलायो होला । तर यस्तो भय तथा तिव्र प्रतिक्षाका बीच उक्त सहरमा २८ वर्षमा पहिलो बच्चा जन्मिएको छ । बच्चा जन्मिएसँगै सहरमा खुसियाली छाएको छ ।
घटना हो, इटालीको ओसटाना सहरको । त्यहाँ सन् १९८० यता पहिलोपटक नवजात शिशुको रुवाइ सुन्न पाइएको छ । अघिल्लो हप्ता टुरिन अस्पतालमा एक बच्चाको जन्म भएको छ । उक्त बच्चाको नाम पाबलो राखिएको छ । बच्चा जन्मिएसँगै सम्पूर्ण सहरबासी खुसीमा झुमेका छन् । सहरको प्रवश द्धारमा एक ठूलो सारसको मूर्ति ठड्याइएको छ । सहरका मेयर गियाकामा लाम्बार्डोले पनि बच्चाको जन्ममा खुसी मनाएका छन् ।
baby, bbc nocredit
उक्त पहाडि सहरका जनताका लागि बच्चाको जन्म एउटा ठूलो सपना पूरा हुनु सरहको रहेको उनको भनाइ छ । उक्त सहरका आदिवासीहरुको जनसंख्या पछिल्लो एकसय वर्षमा निकै तिव्र दरले घट्दै गएको थियो । नयाँ बच्चा जन्मिएसँगै सहरको जनसंख्या ८५ पुगेको छ । अझ रोचक त के भने यी मध्ये केवल आधा मानिस मात्र सहरमा स्थायी रुपमा बस्दछन् ।
मेयरका अनुसार १९ औँ सताब्दीमा उक्त सहरमा एक हजार मानिस बस्दथे । तर दोश्रो विश्वयुद्धपछि त्यहाँको जनसंख्यामा तिब्र गिरावट आउन थाल्या । सन् १९७५ पछि त स्थिति झनै कमजोर बन्यो । सन् १९७६ देखि १९८७ को बीचमा त्यहाँ केवल १७ जना बच्चा जन्मिए । तर सन् १९८७ पछि सन् २०१५ सम्म कुनैपनि बच्चा जन्मिएन र भर्खरै मात्र एउटा बच्चा जन्मिएको छ ।
सहरका आदिवासीको जनसंख्या लोप नै हुने डर बढेपछि प्रशासनले जनसंख्या वृद्धि गराउन र मानिसहरुलाई सहरमा बसोबास तथा बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि रोजगारी तथा घरजग्गा वितरण गर्ने योजना बनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment