कार्यगत एकताको गृहकार्यमा मधेसी दलहरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १६, २०७२- मधेसका मुद्दामा फरक-फरक मोर्चा बनाएर आन्दोलनरत मधेस केन्द्रित दलहबीच कार्यगत एकता गरेर जाने विषयमा चरणवद्ध छलफल सुरु भएको छ । पछिल्ला दिनहरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच महागठबन्धन बनाउने विषयमा गृहकार्य भइरहेको हो ।
शनिबार गठबन्धनका नेताहरु उक्त प्रस्ताव लिएर मोर्चाका शीर्ष नेता तराई मधेस लोकान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । गठबन्धनमा आवद्ध चार दलका नेताहरु अपारान्ह तमलोपा कार्यालय पुगेका थिए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले एउटै मुद्दामा फरक फरक भएर आन्दोलन भइरेकाले एकीकृत भएर आन्दोलनलाई थप उचाई दिने विषयमा छलफल भएको बताए । ‘एउटै महागठबन्धन बनाएर जाने विषयमा हामी तयार भएरै आज मोर्चा समक्ष औपचारिक प्रस्ताव गरेका हौं,’ उनले भने ‘ठाकुरजी सकारात्मक हुनुहुन्छ । उहाँले अहिलेको आवश्यकता पनि त्यही हो भन्नु भएको छ ।’ केही दिन भित्रै बस्ने मोर्चा बैठकमा महागठबन्धन बनाउने विषयमा छलफल चलाउने ठाकुरले भनेका छन् ।
तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले आन्दोलनको एउटै कार्यक्रम बनाएर सशक्त ढंगले अगाडि बढ्नुपर्ने दुवै पक्षमा महशुश भएको बताए । उनले कस्तो सहकार्य वा कार्यगत एकता गर्ने विषयमा थप छलफलहरु पछिमात्र टुंगोमा पुगिने उल्लेख गरे ।
गठबन्धनमा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, रामसपाका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झा, संघीय सद्‍भावनाका सुनिल रोहित र तमरा अभियानका देवेश झा कार्यगत एकताको प्रस्ताव लिएर तमलोपा कार्यालय पुगेक थिए ।
यसअघि मोर्चामा आवद्ध सदभावना अध्यक्ष राजेन्द्र महतो र गठबन्धनमा आवध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताबीच महागठबन्धन बनाउने विषयमा छलफल भएको थियो । दुवै नेता ठाकुर दिल्लीबाट फर्किएपछि त्यसलाई बढाउने विषयमा सहमत भएका थिए ।
मोर्चामा ठाकुर नेतृत्वको तमलोपा, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महतो नेतृत्वको सदभावना र महेन्द्र यादव नेतृत्वको तमसपा पार्टी आवद्ध छन् । संविधानमा मधेसका मुद्दालाई सम्बोधन नगरिएको भन्दै मोर्चाले साउन ३१ बाट मधेसमा आमहडताल र असोज ६ बाट सीमा नाकामा धर्नाको कार्यक्रम चलाउँदै आएको छ । भने गठबन्धनले पनि त्यस्तै कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment