कांग्रेस महाधिवेशनः दाङका दुईवटा नगर समितिको निर्वाचन स्थगित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत दाङको तुलसीपुर नगरपालिका र त्रिपुर नगरपालिकाको नगर सभापतिको  शनिवार हुने भनिएको निर्वाचन हुन सकेन।
 
ढिलागरी निर्वाचन प्रक्रिया सुरु भएको कारण देखाउँदै निर्वाचन स्थगित गरिएको छ। शनिवार दिउँसो साढे तीन बजेसम्म पनि मतदान सुरु हुन नसकेपछि मतदान गर्न र घर फर्किन समय लाग्ने कारण देखाउँदै निर्वाचन स्थगित गरिएको जानकारी दिइएको थियो। 
 
दुईवटै नगरका निर्वाचन अधिकृतहरुले आइतवारमात्रै तुलसीपुर र त्रिपुर नगरको निर्वाचन हुने सुचना टाँसेर जानकारी दिएका छन्।
यसैवीच घोराही नगरमा भने निर्वाचन भएको छ। लमहीमा सर्वसहमतिबाट नेतृत्व चयन गरिएको छ। तुलसीपुर नगरपालिका जिल्लाको सबैभन्दा ठूलो नगर र धेरै मतदाता भएको क्षेत्र हो। यहाँ दुई हजार वढी मतदाता छन्। त्रिपुरमा ८ सयको हाराहारीमा मतदाता छन् । घोराहीमा झन्डै एक हजार तीन सय जति मतदाता छन्। 
 
जिल्लामा रहेका चार नगर मध्य सबैभन्दा वढी चर्चा तुलसीपुरकै नगरको चुनावले पाएको छ। यो नगरमा पूर्व सांसद गेहेन्द्र गिरी र किरणबहादुर शाहबीचमा चुनावी प्रतिपर्धा हुँदै छ। पूर्व सभापति समेत रहेका गिरीलाई कांग्रेस केन्द्रीय सदस्य खुमवहादुर खड्काको समर्थन छ भने शाहलाई कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीको। यसैगरी त्रिपुर नगरमा दिपक पाण्डे र चित्रवहादुर डाँगी निर्मलबीच प्रतिपर्धा हुँदै छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment