पशुपति मुरारकालाई चुनढुंगा उत्खनन गर्न दिने गृहको पत्र

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

स्थानीयबासीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए
Arghakhanchi-Cement-Industry
१७ माघ, अर्घाखाँची । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासमेतको स्वामित्वमा रहेको ‘अर्घाखाँची सिमेन्ट’को कच्चा पदार्थ उत्खननसम्बन्धी विवाद गृह मन्त्रालयसम्म आइपुगेको छ ।
सन्धिखर्क नगरपालिका-७, नरपानीस्थित नर्तनाचल पर्वत उत्खनन् गर्ने कि संरक्षण गर्ने भन्ने विवादका कारण मुरारकाले केही वर्षयता त्यहाँको चुनढुंगा उत्खनन गर्न पाएका छैनन् ।
स्थानीयवासीले वातावरण संरक्षणमा प्रतिकूल प्रभाव परेको र पानीको मुहान सुकेको भन्दै चुनढुंगा उत्खनन्मा रोक लगाउँदै आएका छन् ।
यसैवीच अर्घाखाँची सिमेन्ट उद्येगले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग गुहार मागेपछि गृहमन्त्रालयले चुनढुंगा उत्खननमा सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । उद्योगका तर्फबाट समेत सिडियो कार्यालयमा सुरक्षा माग्दै निवेदन परेको छ ।
यसैवीच मुरारकाको उद्योगलाई चुनढुंगा दिने कि नदिने भन्नेबारे शनिबार अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा छलफलको आयोजना गरिएको थियो ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र ढकालले आफूसँग दुबै पक्षको निवेदन परेकाले यो विषयलाई गृहमन्त्रालयले नै समाधान गर्नुपर्ने बताएको एक स्थानीयले अनलाइनखखबरलाई जानकारी दिए ।
अर्घाखाँचीको चुन ढुंगा उत्खनन सम्बन्धी विवाद अहिलेको होइन । विगत संविधानसभामा एमालेका दुमन थापाले त्यहाँका जनतालाई पर्यावरण जोगाउन भूमिका खेल्ने आश्वासन दिएको र उनले चुनाव जितेको स्थानीय बताउँछन् ।
तर, अर्घाखाँचीका एमाओवादी नेता टोपबहादुर रायमाझी लगायत माओवादी नेताहरुले भने चुनढुंगा उत्खनन गर्न दिने भन्दै उद्योगपतिहरुलाई दुहुनो गाई बनाएको स्थानीयको आरोप छ । उता विप्लव माओवादीले भने यसअघि चुनढुंगा उत्खनन गर्न नदिने घोषणा गरेको थियो ।
उद्योगी मुरारकाले भने करोडौंको लगानीमा भैरहवामा उद्योग सञ्चालन गरेको र कच्चा पदार्थ नपाउँदा ठूलो नोक्सानी व्होर्नुपरेको भन्दै राज्यसँग उद्योग सञ्चालनको वातावरण बनाइदिन पटक-पटक आग्रह गर्दै आएका छन् ।

स्थानीयले शनिबार बुझाएको ज्ञापनपत्र  
Chun Dhunga



भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment