आर्थिक र समावेशी विकास नयाँ शक्तिको वैचारिक आधार: भट्टराई

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताएका छन्। 
 
अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उनले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताएका हुन्। 
 
गोरखामा अाइतवार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गरे। 'जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हामी जुटेका छौँ,भट्टराईले भने।' 
 
प्राविधिक विज्ञता र राजनीतिक सङ्गठनसहितको नयाँ पार्टी गठन गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उनको भनाइ थियो। उनले भूकम्पले भत्काएका गाउँबस्ती पुनःनिर्माणमा ढिलाइ भएको बताए।
 
बर्खाअघि नै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने भन्दै भट्टराईले ‘यो बर्खामा भूकम्पपीडित रुझेरै बस्न बाध्य हुने सङ्केत देखा परेको’ भन्दै सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।  रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment