भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
१७ माघ, काठमाडौं । सरकारलाई समर्थन गरेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रले पाँचबुँदे निर्णय गरेको छ ।
झण्डै दुई महिनापछि आइतबार साँझ बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको छ ।
बैठकले संयन्त्रको बैठक नियमित राख्ने र सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ । साथै अफ्ठ्यारो स्थितिमा रहेर पनि सरकारले कतिपय साहसिक निर्णय गरेको संयन्त्रको ठहर छ । तर, अझै प्रभावकारी बनाउनु पर्ने देखिएको भन्दै प्रधानमन्त्रीलाई सुझाव दिएको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशको सम्वन्ध राजनीतिक तहमा सुदृढ हुने गर्नु पर्नेमा जोड दिएको छ । साथै मधेस समस्या समाधान गर्न वार्ता र छलफललाई जारी राख्ने राजनीतिक संयन्त्रको निर्णय छ ।
नाकाको अवरोध हटाउन मधेसी मोर्चासँग पनि कुरा गर्ने र भारतसँग पनि पहल गर्नर्े निर्णय भएको महरा बताए ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment