लोकमानसिंहको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

दोषीलाई कारवाही नगरिए भ्रष्टहरुको नाम सार्वजनिक गरिने 

१७ माघ, काठमाडौं । एमाओवादीको युवा संगठन वाइसीएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र सदस्यहरुको सम्पत्ति छानविन गर्न माग गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै वाइसीएलले अख्तियार प्रमुख लोकमानसिंह कार्की रायमाझी आयोगले दोषी ठहर गरेको व्यक्ति भएको र उनको अहिले पनि भ्रष्टहरुसँग हिमचिम रहेको आरोप लगाएको छ ।
वाइसीएलले जनआन्दोलनका बेला गठित रायमाझी र मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
‘अख्तियारमा जोकोहीले मुद्दा दायर गर्न सक्छन् । तर, अख्तियार निश्पक्ष हुनुपर्‍यो । राजनीतिक प्रतिशोध साँध्ने काम नहोस्,’ पत्रकार सम्मेलनमा वाइसीएलका प्रमुख आरसी शर्मा ‘विज्ञान’ले भने ।
अख्तियारका प्रमुख कार्की र आयुक्तहरुको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै वाइसीएलले उनीहरुको सम्पत्ति छानविन गर्न माग पनि गरेको छ ।


अख्तियारले हालै मात्र माओवादी महासचिव कृष्णबहादुर महरालगायतलाई छानविनको दायरामा ल्याएको थियो । त्यसको प्रतिक्रियामा अख्तियारमाथि प्रश्न उठाइएको हो कि भन्ने प्रश्नमा वाइसीएल प्रमुख शर्माले भने, ‘भ्रष्टाचार गरेका छन्, भने कारबाहीको भागिदार बन्नुपर्छ । तर, टुप्पीदेखि पाइतालसम्म भ्रष्टाचारका दलदलमा फसेकाहरुलाई छाड्ने, जनताका लागि केही गर्छु भन्नेहरुलाई मुद्दा लगाएर तेजोबोध गर्ने ?’
शर्माले यसबारे सरकारले ठोस कदम नचाले भ्रष्टहरुको सूची सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ ।
वाइसीएलले सशस्त्र द्वन्द्वकालको मुद्दा शान्ति सम्झौताअनुसार आयोगबाट टुंग्याउनु पर्ने माग गरेको छ । साथै त्यस्ता मुद्दालाई हत्या तथा अपराधका रुपमा ब्यूँताउने काम नगर्न अदालतलाई अपील गरेको छ । यदि नसच्चिने हो भने देशभरका द्वन्द्वकालका मुद्दाहरु अदालतमा दर्ता गर्ने चेतावनी पनि वाइसिएलले दिएको छ ।
पुनर्निर्माणमा युवा परिचालन गरिने
 
एमाओवादीको युवा संगठन वाइसीएलले पुनर्निर्माण अभियानमा १४ हजार युवा परिचालन गर्ने घोषणा गरेको छ । यसका लागि पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गर्न तयार रहेको भन्दै बाईसीएल महासचिव दीपशिखाले नभए स्वतन्त्ररुपमा भए पनि काम गर्ने बताए ।
वाइसीएलले संगठन विस्तार एवं सुदृढीकरण अभियान चलाउने र तीन महिनामा १ लाख सदस्यता नवीकरण गर्ने बताएको छ । साथै ३ महिनामा एक हजार युवालाई नेपालमा नै रोजगारी दिने समेत उसले बताएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment