क्यान इन्फोटेकमा युवाहरुको उल्लेख्य भीड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


क्यान इन्फोटेकमा शनिवार सर्वसाधारण र युवाहरुको उल्लेख्य भीड लागेको छ।  कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेकको २२  औं संस्करणमा अन्य दिनको तुलनामा आज भीड बढेको हो।
 
सूचना प्रविधिको क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रमबारे थाहा पाउनका लागि युवा तथा विद्यार्थीहरु  इन्फोटेकमा पुगेका हुन्। सूचना प्रविधिको बारेमा पुस्तकमा पढेका कुरा प्रत्यक्ष अनुभव गर्नका लागि इन्फोटेकमा सहभागी भएको विद्यार्थीहरुले बताएका छन्।
 
 इन्फोटेकमा खासगरी मोबाइल कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीका स्टलहरुमा बढी भीड लागेको छ । लोडसेडिङको मार सहन वाध्य युवा पुस्ताले इन्फोटेकमा मोबाइल र ल्यापटप चार्ज गर्नका लागि विद्युतको विकल्प के छ ? भनेर जानकारी लिएका छन्। 
 
इन्फोटेकमा हार्डवेयवर, सेल्स एण्ड मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, आइसीटी कलेज, सफट्वेयर सलुसन लगायतका १ सय ७५ वटा स्टल राखिएकामा धेरैले विद्युतको वैकल्पिक व्यवस्था खोजी गरेका छन्।
 
 सोलार प्यानलसँग सम्बन्धित स्टलले पनि अवलोकनकर्ताहरुको ध्यान खिचेका छन्। मोबाइल कम्पनी, इन्टरनेट सेवा प्रदायक लगायतले आकर्षक छुट र उपहारका कार्यक्रम राखेका भएपनि कतिपय अवलोकनकर्ताले भने मेलामा नयाँ कुरा केही नपाएको बताएका छन्।
 
सुबिसुको मुख्य प्रायोजन र हुवावेको सहप्रायोजनमा भइरहेको इन्फोटकेक माघ २० गतेसम्म संचालन हुने छ । क्यान महासंघले यस पटकको इन्फोटेक ४ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment