सरकारी कर्मचारीः जो कार्यालयको पानीधरि पिउँदैनन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Gobinda Tandan

१७ माघ, काठमाडौं । उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन् । कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन । 
स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन् ।
नागरिक दैनिक लेख्छ- आफ्नो दैनिक आवश्यकतानिम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन्- गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष ।
त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए । सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे । कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए ।
निजी सवारीसाधनमा कार्यालय आउँछन् उनी । इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन् । २०७० असार २५ गते तत्कालीन सँस्कृतिमन्त्री रामकुमार श्रेष्ठले अनुरोध गरेपछि टण्डन चारवर्षे कार्यकालका लागि दोस्रोपटक पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment