जासूसको आरोपमा समातिएको गिद्ध राष्ट्रसंघको रोहबरमा छाडियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

vulture-2
काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा निणन्त्रणमा लिइएको एक गिद्धलाई संयुक्त राष्ट्रसंघको रोहबरमा छाडिएको छ ।
इजरायली अधिकारीहरुले यसको जानकारी दिएका हुन् । करिव २ मिटर लामो पखेटा भचएको यो गिद्ध इजरायली सीमाबाट उड्दै आएको थियो, जसलाई मंगलबार लेबनानका गाउँलेले नियन्त्रणमा लिए ।
यसको पखेटामा ट्र्याकिङ उपकरण समेत लगाइएको थियो । जसका कारण मानिसहरुले यो जाजूस भएको ठाने ।
vulture
बास्तवमा यो उपकरण मध्पपूर्वमा गिद्ध बचाउन सुरु गरिएको एक प्राजेक्ट अनुसार लगाइएको थियो । वन्यजीव अधिकारीहरुका अनुसार यो गिद्ध गत वर्ष स्पेनबाट किनिएको थियो र एक महिना अघि इजरायल नियन्त्रित गोलन हाइट्सको गामला प्राकृतिक पार्कमा छाडिएको थियो ।
तेल अवीव विश्वविद्यालयले उसको शरीरमा जडान गरिएको जीपीएस उपकरणबाट यसको निगरानी गरिरहेको हुनेछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment