सिरियामा श्रृखलाबद्ध विस्फोट, ४५ को मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

syria-Bom-Blast
१७ माघ, काठमाडौं । सिरियाको शिया मुसलमानको पवित्र सैथ्यदा जैनब मस्जिद नजिकै भएको श्रृखलाबद्ध बम विस्फोटमा ४५ जनाको मृत्यु भएको छ ।
सिरियाली सरकारी मिडियाका अनुुसार यो विस्फोेटमा १०० भन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको पहलमा सिरियाली सरकार र विपक्षी गुटबीच वार्ताको पहल भइरहेको बेला विस्फोटको यो घटना भएको हो ।
सुन्नी चरमपन्थी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।
सरकारी मिडियाका अनुसार पहिलो विस्फोट कार बम थियो । विस्फोटमा परी सैन्य मुख्यालय समेत नष्ट भएको छ, जहाँ मानिसहरु बस्थे ।
यो घटनाले विपक्षी र आतंकवादबीचको सम्वन्धलाई पुष्टि गरेको सिरियाका सरकारी प्रतिनिधिमण्डल प्रमुख बशर अल जाफरीले दाबी गरेका छन् ।
शिया मुसलमान सैथ्यदा जैनब मस्जिदलाई पवित्र तीर्थस्थल मान्छन् । यो मस्जिदमा गते वर्ष फेब्रुअरीमा पनि आक्रमण भएको थियो ।
यो मस्जिदलाई बचाउनु एक ठूलो कारण छ, जसका कारण लेबनानको शिया हिजबुल्लाह संगठन र इरान, सिरियाली राष्ट्रपति बसर अल असद सरकारलाई समर्थन गरिरहेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment