उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१७ माघ, काठमाडौं । सत्ता साझेदार दलले नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेकाबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बस्दैछ । बैठक विहान ९ बजेपछि सिंहदरबारमा बस्नेछ ।
बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेरै संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले शनिबार दुई नेताबीच भएको छलफलका आधारमा संयन्त्रको बैठक बस्न लागेको जानकारी दिए । अधिकारीका अनुसार पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बैठक बस्नेछ ।
एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन । यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment