अख्तियारले भेटायो त्रिभुवन विमानस्थलमा ४६ समस्या

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'विमानस्थलमा समन्वय भन्दा पनि संस्थागत ठालुपन देखियो'
१६ माघ, काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान अयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन तथा निरिक्षणको क्रममा ४६ समस्याहरु भेटाएको छ । यात्रुलाई सेवा दिनका लागि विमानस्थलका सेवा प्रदायकहरु गम्भिर नदेखिएको अख्तियारको ठहर छ । 

त्रिभुवन विमानस्थल निकै साँघुरो भइसकेको छ । प्रतिघण्टा १३ सय ४० यात्रुलाई सेवा दिने गरी निर्माण गरिएको विमानस्थलमा अहिले झण्डै दोब्बर २३ सय यात्रुको चाप रहेको अख्तियारको प्रतिवेदनमा बताइएको छ । यात्रुको वृद्धिसँगै भौतिक क्षमता र विमानस्थल विस्तार नहुँदा नियमति उपलब्ध हुने सेवा व्यवस्थित हुन नसकेको अख्तियारको ठहर छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयको समन्वयमा काम गर्नुपर्ने एजेन्सीहरुको संख्या २ सय ३८ रहेको छ । तर, धेरै निकायहरु रहँदा समन्वयमा कठिनाई भइरहेको अख्तियारले भेटायो । अख्तियारले नागरिक उड्डयन प्राधिकरण मातहत विमानस्थल संचालन हुनुपर्नेमा सुरक्षा निकाय, अध्यागमन, भन्सार, वायुसेवा कम्पनीहरु लगायत जिम्मेवार निकायबीच समन्वय नभई संस्थागत ठालुपना देखिएको बताएको छ ।
सरसफाईमा ट्रेड युनियनको बोलवाला देखिँदा अपेक्षित काम हुन सकेको छैन । त्यस्तै, आगमनतर्फ यात्रुहरु पाँच मिनेट भित्रमै ब्यागेज क्लेम एरियामा पुग्ने गरेको बताउँदै अख्तियारले सामान आउन भने धेरै समय लाग्ने भएकाले भिडभाड बढेको भेटाएको छ ।
फ्रि भिषा, फ्रि टिकट पाइएन
बैदेशिक रोजगारमा जाने अधिकांश कामदारहरुले सरकारले उपलब्ध गराएको फ्रि भिषा, फ्रि टिकटको सुविधा लिन सकेका छैनन् । अधिकांश कामदार स्थानीय एजेन्ट र मेनपावरबाट ठगीएको अख्तियारको भनाई छ ।
विमानस्थल परिसरभित्र संचालनमा रहेका मनी चेञ्चर, ड्युटी फ्रि पसल, कफी सप लामो समयदेखि एउटै सञ्चालन भइरहेको र अधिकांश पसल र मनी एक्सचेन्जरले मागेको अवस्थामा बाहेक विल नदिई कर छली गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।
भ्रमण भिसामा विदेश जाने यात्रुहरुले अन्तीम मुलकको भिसा कागजात नदेखाउने गरेका छन् । उनीहरु दुवई, मलेसिया, थाईल्यान्ड सिंगापुर जस्ता मुलुकको कागजात देखाई जाने र त्यहाँबाट जोखिम पूर्ण यात्रामा अन्यत्रै जाने गरेको भेटिएको छ । अख्तियारका अनुसार महिलाहरुले भारत, दुवई, थाइल्याण्डको ट्रान्जीट प्रयोग गरी खाडी मुलक र अपि|mका सम्मको जोखिमयुक्त काममा जाने गरेको भेटियो ।
ग्राउन्ड ह्यान्डलिङमा समस्या
विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड हृयान्डलिङ सेवा प्रदान गर्दै आएको छ । थाइ एयरवेज र एयर इण्डिया बाहेक सवै वायुसेवाको ग्राउण्ड हृयान्डलिङ निगमले गरेपनि ग्राउण्ड हृयान्डलिङको लागि आवश्यक उपकरण खरीद हुन नसकेको अख्तियारले बताएको छ ।
विभिन्न वायुसेवाले यात्रुसँगै ल्याउनुपर्ने ब्यागेजहरु नल्याउने, बजेट उडान गर्ने वायुसेवा कम्पनीले चाडवाड र यात्रुको चाप बढेको समयमा यात्रुमात्र बोक्ने गरेको कारण छुट्न गएका सामान लामो समयदेखि स्टोरमा नै रहेको अख्तियारले भेटाएको छ ।
ट्रयाक्सी पार्किङ सहितको बुट प्रणालीमा निर्माण हुनुपर्ने नयाँ भवन निर्माण हुन नसक्दा पार्किङ गर्ने स्थान साँघुरो भएको, रातो प्लेट र कालो प्लेटका सवारी साधनले यात्रु खोसाखोस गर्ने प्रवृत्ति रहेको भेटियो ।
प्रस्थान कक्षमा प्रहरी बस्ने तर भन्सारको उपस्थिती नहुने, आगमनमा भन्सारले हेर्ने तर प्रहरी उपस्थित नहुने कारण सुरक्षा, विदेशी मुद्राको कारोवार, लागु औषध र राजश्वमा असर पार्ने बस्तुहरुको पहिचान र मुल्याङ्कन सहि रुपमा हुन सकेको छैन ।
दुई सय ३४ स्थानमा सीसीटी क्यामेरा रहेपनि वालमा ८० वटामात्र देखिने कारण उपयुक्त मनीटरिङ हुन सकेको छैन । विमानस्थलमा रहेका एक्सरेहरु पुरानो भएको र एक्सरे चलाउने जनशक्ति थोरै हुँदा रेकर्ड नभएको भेटिएको छ ।
यात्रुहरुको विस्तृत विवरण नरहने, प्रत्येक फ्लाइट नम्बर अनुसारको यात्रुसूची अध्यागमनमा नरहँदा वायुसेवाले दिएको मेनीफेष्टो भिडान नहुने र यात्रु कहाँ गयो थाहा पाउन नसकिने अवस्था रहेको छ ।
यात्रु एक देशभन्दै अर्को देश पुग्छन्
विभिन्न देशमा अध्ययनका लागि जाने र भिजीट भिसामा जानेहरुले नक्कली कागजात पेश गर्ने गरेको तर त्यसको आधिकारीकता पुष्टी गर्न तत्काल सम्भव नभएको भेटियो । प्रतिव्यक्ति ५० ग्राम सुनको सुविधा दिएकोमा कामदारमार्फत व्यवसायिले करीव ७ किलोसम्म सुन भित्राउने गरेको पनि अनुगमनको क्रममा भेटिएको छ ।
ग्राउन्ड हृयान्डलिङको समानका साथै र्‍याम्प बस खरीदका फाइलहरु अनुसन्धानको क्रममा आयोगमा रहेकोले समयमै खरिद हुन नसकेको भन्ने जबाफ नेपाल वायुसेवा निगमले अख्तियारलाई दिएको छ ।
यात्रुहरुले भन्सार तिर्नुपर्ने गरी ल्याएका सामान धरौटीमा लिने गरीएको तर त्यसको लगत कम्प्यूटरमा नरहने र लामो समय देखि धरौटीमा रहेका सामानको हिसाव पारदर्शी देखिएन । जिवित पशु पन्क्षीको भन्सार जाँच पासमा कठिनाई देखियो । प्लान्ट तथा पशु क्वारेन्टाईनको कार्यालय अव्यवस्थित रहेको पाइयो ।
स्काई चीफबाट वायु सेवामा खाना लैजाँदा एकजना सुरक्षाकर्मीले मात्र खाना बन्ने प्रक्रिया देखि जहाजमा राख्ने सम्मको सुरक्षा हेर्ने गरेको र निजले सोही होटलमा खाना समेत खाने अवस्था देखिँदा खानासँगै अन्य अवैध वस्तुहरु ओसार पसार हुन सक्ने सम्भवना अख्तियारको छानविन क्रममा भेटिएको छ ।
लामो समयसम्म बसेको सुरक्षाकर्मी, घुमुवाको रुपमा प्रयोग हुने जनशक्ति र अन्य निकायका कर्मचारबीच नेक्सस भएको हुनसक्ने सम्भवना पनि देखिएको छ । केही सुरक्षाकर्मी लामो समयदेखि विमानस्थलमा कार्यरत छन् ।
सुरक्षाकर्मीको शारीरिक जाँच नहुने भएकाले विभिन्न स्थानबाट एप्रोनसम्म जान सकिने बाटोको फाइदा लिँंदै मिलेमतोमा अवैध बस्तुको बहिर्गमन र प्रवेश हुन सक्ने देखिएको छ । एक्सरे सुविधा निकै कमजोर देखिएको छ ।
विमानस्थल विस्तार कार्यमा सुस्तता
अख्तियारले विमानस्थल विस्तार आयोजना संचालन भइरहे पनि विस्तारको काम ज्यादै सुस्त रहेको भेटाएको छ । पकेट नभएको ड्रेस लोडरहरुलाई काममा लगाउन भनी पटक/पटक आयोगबाट निर्देशन भएकोमा कार्यान्वयन नभएको अख्तियारको गुनासो छ ।
ट्याक्सी पार्किङको शुल्क घण्टाको दरले तोकेपनि सो बमोजिम नलिई एकमुष्ठ लिने गरेको भेटियो । एकजनाबाट २० रुपैयाँ उठाउँदा समस्या परेको छ ।
निगमको फ्लाइटमा जानीजानी ढिलाई
नेपाल वायुसेवा निगमको अन्तिम फ्लाइट प्रायः समयमा नहुने र अवतरण राती १२ बजे पछि हुने कारण अन्य निकायको वढी गुनासो रहेको अख्तियारले बताएको छ । यसरी ढिलो गर्नुमा जानीजानी बढी भत्ता खान र सामान तस्करी गर्न हो भन्ने अन्य निकायका कर्मचारीहरुको भनाई रहेको छ ।
ड्युटी फि्र हाल नभएको बताउँदै अख्तियारले ड्युटी पेड भएपछि नेपाली मुद्रामा कारोवार हुनुपर्नेमा विदेशी परिवत्र्य मुद्रामा पनि कारोवार भएको भेटियो । चरा धपाउन शिकारीलाई उपलब्ध गराएको सवारी साधन ज्यादै पुरानो भै राम्ररी काम गर्ने अवस्थामा भएको देखिएन 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment