क्यान इन्फोटेकमा ‘म्युजिक एटिएम’को नयाँ प्रयोग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Can Info Tech
१५ माघ, काठमाडौं । भृकुटीमण्डपमा आज सुरु भएको ‘क्यान इन्फोटेक’मा सहभागी हुनेले नेपाली सङ्गीत बजारमा भित्रिन लागेको नयाँ प्रविधिका बारेमा जान्न पाउने भएका छन् ।
इन्फोटेकमा सङ्गीत बजारको अग्रणी संस्था म्युजिक नेपालले एटिएम राखेको छ, जो पैसा झिक्ने एटिएम मेसिन चाहिँ होइन । यो एटिएम हो गीत सङ्गीत किन्ने एटिएम अर्थात् ‘म्युजिक एटिएम’ ।
गीत तथा भिडियो किन्ने आधिकारिक तथा ‘डिजिटल स्टोर’का रुपमा विकास गरिएको म्युजिक एटिएमको प्रयोगबाट सुपथ मूल्यमा मन पर्ने गीत तथा भिडियो किन्न सकिन्छ ।
यसको मेसिनबाट आफूलाई मन परेका गीत तथा भिडियो तोकिएको शुल्क तिरेपछि सहज रुपमा पेन ड्राइभ, मोबाइल तथा सिडीमा सोझै सार्न सकिने म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले बताए ।
उनका अनुसार यसरी किनिएको गीत अन्य ‘डिभाइस’मा सार्न नमिल्ने हुनाले यसले ‘पाइरेसी’लाई नियन्त्रण गर्न सकिनेछ । छ दिनसम्म चल्ने प्रदर्शनीमा दुई वटा एटिएम प्रयोगमा राखिनेछ । उक्त प्रदर्शनीका बारे थप जानकारी दिन चर्चित गायक गायिकाको उपस्थिति रहनेछ ।
नेपालमा यसअघि प्रयोग नभएको नयाँ प्रविधि भएकाले प्रयोगबारे जानकारी दिन चर्चित कलाकारको उपस्थितिको व्यवस्था मिलाइएको म्युजिक नेपालका प्रशासन प्रमुख उत्तम थापाले बताउनुभयो । केही समयमै यसलाई देशभर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment