यसरी जलाइन्छ विद्युतीय शवदाह गृहमा शव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



  • ३७ वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालन
  • धार्मिक विधि विधान केही फरक छैन


  • माघ १०, २०७२- पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहमा पहिलो पटक भक्तपुर इनाचोकका ८३ वर्षीय चन्द्र बनमालाको शवदाह गरेको छ । आइतबार पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्द पोखरेलले विद्युतीय शवदाह गृहको उद्घाटन गर्ने वित्तिकै बनमालाको शवलाई मेसिनबाट दाहसंस्कार गरिएको हो । कोषले ३७ वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको हो ।

    कोषका सदस्य सचिव गोविन्द टण्डनले विभिन्न अवरोध पारगर्दै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको बताए । ‘२०३९ मा यसको अवधारण सार्वजनिक भएको हो, बल्ल सञ्चालनमा आयो,’ उनले भने, ‘ढिलै भएपनि सञ्चालनमा ल्यायौं ।

    उनका अनुसार उद्घाटनकै दिन ९ वटा शवको दाहसंस्कार गरिएको छ । दाहसंस्कार पुस्तिकामा पहिलो नाममा सुनसरीको ६३ वर्षीय खडानन्द ढकाल दर्ता गरिए पनि उनका छोरा विदेश भएकाले शवदाह गर्न नसकिएको उनले बताए ।
    ‘आफन्तहरु बाहिर छन् भनेपछि दोस्रो नम्बरको शवको दाहसंस्कार गरिएको हो,’ उनले भने, ‘मेसिनलाई २४ घण्टा तताउनपर्छ, १४ भोल्टेजको तापक्रमको आवश्कता पर्छ ।’
    एउटा शवदाह गर्न ४५ मिनेटमा लागेको उनले बताए । ११ करोड रुपैयाँ लागेको भन्दै उनले दुईवटा शवदाह मेसिन जडान गरिएको बताए । ‘तेस्रो जडानको लागि स्थान छुट्याएको छौं,’ उनले भने ।
    कलकलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ कम्पनीबाट विद्युतीय शवदाह यन्त्रको ल्याइएको हो । त्यसका लागि २ करोड ५९ लाख रुपैयाँ लागेको उनले बताए ।
     
    सदस्य सचिव टण्डनले ४५ मिनेटमा एउटा शवदाह गर्न सकिने भन्दै उनले दाउरामा दाह गर्न ३ घण्टा लाग्ने बताए । चिताबाट शवदाह गर्दा दैनिक एक घाटमा करिव १० वटा शवदाह गर्न सकिन्छ ।
    एउटा विद्युतीय मेसिनबाट ४० वटा जति शवदाह गर्न सकिन्छ । दाउराबाट शवदाह गर्दा एउटा शवको १० हजार रुपैयाँ लाग्ने भन्दै उनले विद्युतीय शवदाह गर्दा ३ हजार रुपैयाँ लाग्ने बताए ।
    दाउरा भन्दा विद्युतबाट शवदाह गर्दा निकै सस्तो हुने कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । ‘प्रत्येक कुरा सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘विद्युत र दाउरामा जलाउनमा कुनै फरक छैन, दुइटै आगो हो ।’
    धार्मिक विधिमा पनि खासै फरक नपर्ने उनले बताए । ‘जलाउनुअघि दागबत्तीको व्यवस्था गरिएको छ, धार्मिक विधि विधान केही फरक छैन,’ उनले भने । २०४० मा काठमाडौं नगर पञ्चायत प्रमुख कमल चित्रकारले सानो आकारको विद्युतीय मेसिन ल्याएपनि प्रयोगमा आउन नसकेका उनले बताए ।


    भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

    SHARE

    Admin

    • Image
    • Image
    • Image
    • Image
    • Image
      Blogger Comment
      Facebook Comment

    0 comments:

    Post a Comment