पहिलो टी-२० मा भारत ३७ रनले विजयी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

India
१२ माघ, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी-२० क्रिकेटमा भारत ३७ रनले विजयी भएको छ । यससँगै तीन म्याचको सिरिजमा भारत १-० ले अगाडि भएको छ ।
एडिलेडमा पहिले ब्याटिङ गरेको भारतले विरोट कोहलीको ९० रनको मदतमा २० ओभरमा १८८ रन बनायो ।
५५ बल सामना गरेका कोहलीले ९ चौका र २ छक्का हाने । यसैगरी सुरेश रैनाले ४१ रनको योगदान दिए भने रोहित शर्मा ३१ रनमा आउट भए ।
जवाफमा मैदान उत्रिएको अष्ट्रेलिया अन्तिम ३ बल खेल्नु अघि १५१ रनमा अलआउट भयो । उसका लागि एरोन फिच्नले सर्वाधिक ४४ रन जोडे । स्टिभ स्मिथले २१ रनको पारी खेले ।
भारतका जसपि्रत बुमराहले ३ विकेट लिए आर अश्विन, रविन्द्र जडेजा र हार्दिक पाण्डेयले २-२ विकेट लिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment