चैतेधानका लागि बीस लाख अनुदान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले २० रुपैयाँ लाख अनुदान दिने भएको छ। 
 
जिल्लाको ४ सय हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले जानकारी दिए। साढे सात बिघा खेतमा चैतेधान लगाउने किसानलाई ५० हजार रुपैयाँ तथा १५ कट्ठा खेतमा लगाउनेलाई पाँच हजार रुपैयाँ अनुदान दिइनेछ। 
 
गत वर्ष बर्खेधानका लागि अनुदान आएको थियो। जिल्लामा ३ सय हेक्टरमा चैतेधान हुँदै आएको छ। भारतबाट धान निर्यात बढेको भन्दै सरकारले स्वदेशमै धान उत्पादनलाई बढावा दिन अनुदान दिन लागेको प्राविधिक सिंहको भनाइ छ। “व्यक्ति, समूह र सहकारीलाई अनुदान दिने प्रावधान छ, निवेदन दिन आउनेको सङ्ख्या बढ्दै छ” उनले भने। 
 
किसानलाई धानको बीउ वितरण गर्न बजेट अभाव रहेको र निःशुल्क बीउ वितरण गर्न गैरसकरारी संस्थासित समन्वय भइरहेको कार्यालयले जनाएको छ। रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment