रणवीर–क्याट्रिनाको ‘ब्रेकअप’को कारण आलिया ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


रणवीर–क्याट्रिनाले ‘ब्रेकअप’का बारेमा केही बोलेका छैनन् । त्यसैले बलिउड अहिले उनीहरुको ब्रेकअप भएको प्रमाण जुटाउन र ब्रेकअपको कारण पहिल्याउन तल्लिन छ । उनीहरुको ब्रेकअप हुनुमा अनेक लख काटिएका छन् । भलै ती सबै सत्य नहुन सक्छन् !
 
यस्तै एउटा कारण बाहिरिएको छ । ‘स्पटब्वाई’ नामको पत्रिकाले उनीहरुको ब्रेकअपको कारण आलिया भट्टलाई मानेको छ । सो पत्रिकामा छापिएको समाचारअनुसार निर्देशक इम्तियाज अलीले केही समयअघि एक पार्टी आयोजना गरेका थिए । जुन पार्टीमा आलिया भट्ट, रणवीर–क्याट्रिनाको जोडीलगायत इम्तियाजका बलिउडका नजिकका साथी उपस्थित थिए ।
 
पार्टीमा रणवीर आलियासँग बढी नजिकिएको र हदभन्दा बढी प्रेम दर्शाएको भन्दै क्याट्रिनाले घरमा रणवीरसँग निहुँ झिकिन् । रणवीरले क्याट्रिनाको कुरालाई इन्कार गरिदिए।
 
पछि रणवीर–क्याट्रिनाको अपार्टमेन्टमा हुने पार्टीमा आलियालाई बोलाउन छोडियो । क्याट्रिनाले नै पार्टीमा कस कसलाई बोलाउने भन्ने सूचीबाट आलियालाई हटाएकी थिइन् । पछि रणवीर–क्याट्रिनामा आलियाकै विषयले झगडाको रुप लिन थाल्यो । क्याट्रिनाले बढ्तै शंका गर्न थालेको चाल पाएपछि रणवीरले ब्रेकअपको बाटो रोजेको बताइन्छ ।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment