नाकाबन्दी अघोषित रुपमै हट्छ: ओली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नाकाबन्दी अघोषित रुपमै हट्छ: ओली
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नाकाबन्दी अघोषित रुपमै हट्ने बताएका छन्। 'यो अघोषित नाकाबन्दी हो, अघोषित रुपमै हट्छ', प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।
तराईमा भइरहेको पृथकतावादी गतिविधि सरकारले नजिकबाट नियाली रहेको प्रधानमन्त्रीले औंल्याए। 'हामीले तराईमा भइरहेको पृथकतावादी गतिविधिहरुलाई नजिकबाट नियालीरहेका छौं', उनले भने।

सञ्चारकर्मी समक्ष उनले एक दुई दिनमै भारतको नाकाबन्दी हट्ने दोहो¥याए । 'नाकाबन्दी अघोषित रुपमा सुरु भएको हो। अघोषित रुपमा नै एक दुई दिनभित्रै हट्छ', उनले भने। भारततर्फ संकेत गर्दै उनले कहिले कहीँ विश्वासमा धोका हुने गरेको प्रसङ्ग सुनाए। के मा धोका पाएको चाहिँ उनले खुलाएनन्।

'म विश्वास गर्ने मान्छे हुँ। कहिले कहीँ विश्वासमा धोका हुने गरेको छ', उनले भने।

भारतको नाकाबन्दीलाई संकेत गर्दै उनले अवस्था सामान्य नभई भ्रमणमा जानु बाञ्छनीय नहुने उल्लेख गरे। नकाबन्दी अन्त्यलाई ओलीले भारत भ्रमणको पूर्वसर्त बनाउँदै आएका छन्।

प्रधानमन्त्री ओली चीन जानुभन्दा पहिले भारत भ्रमणमा जान इच्छुक छन्। भारतीय दूतावासले उनको भ्रमणको औपचारिक प्रक्रिया पूरा गरिसकेको अवस्थामा उनले नाकाबन्दी अन्त्य भई दुई देशबीच अवस्था सामान्य बनाइनु पर्ने उल्लेख गरेका हुन्। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment